×

हेम चापागाई विजयबस्ती २१ कार्तिक । लक्ष्मीपूजाकोे दिन सबैले प्राय सवै हिन्दु धर्मावलम्वीहरुले भगवान लक्ष्मीको पूजा आराधना गरी धन प्राप्तीको कामना गर्छन्, यसै पवित्र दिनमा ठोरी गाउँपालिका वडा नम्बर ४ फायरलाईनका एक घरबिहिन तथा बाढीपीडित बिपन्न बृद्ध दम्पतीले भने आफू बस्ने घर प्राप्त गरेका छन् । सामाज सुधारको क्षेत्रमा सकृय रहेको “निष्ट” नामक सामाजिक संस्थाले उक्त दम्पतीलाई घर बनाइदिएको र बुधबार लक्ष्मीपूजाको अवसर पारेर उक्त घर प्रदान गरेको हो । २०७४ सालमा आएको बाढीले घर क्षतिग्रस्त बनाएपछि सोम बहादुर बिक र उनकी श्रीमती दम्पतीहरु घर नजिकै सानो बनाएर बस्दै आएका थिए । आफ्ना छोराछोरी हरुले बेवास्था गरेका कारण आफूहरु छाप्रोमा बस्न बाध्य भएको बताउने ती दम्पतीले हर्षास्रु झार्दै घरको साँचो जिम्मा लिएका थिए । साँचो जिम्मा लिँदै सोम बहादुरले भने “ यो बुढेसकालमा हाम्रा हातगोडाले काम गर्न सक्ने अवस्था पनि थिएन, निष्टले हामीलाई ठुलो उपकार गरेको छ ।” ब्लक र जस्ता द्वारा निर्मित उक्त भवन प्राप्त गरिसकेपछि आउन लागेको पुसमाघको जाडोमा छाप्रो भित्र बस्नु नपर्ने भएको छ । करीब १ लाखको लागतमा उक्त घर निर्माण भएपनि सबै फिनिसिङ भने भई नसकेको निष्टका सचिव सोम श्रेष्ठले बताउनु भयो । ती दम्पतीले बुधबारको लक्ष्मीपूजा नयाँघर भित्रै गर्ने इच्छा राखेकोले बाहिर पट्टि केही फिनिसिंग बाँकी रहेपनि आजै हस्तान्तरण गरिएको र बाँकी काम पनि केही दिन भित्रैमा सम्पन्न गरिने सचिव श्रेष्ठले बताउनु भयो । घर हस्तान्तरण कार्यक्रममा घरको उद्घाटन गर्दै ठोरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बही बहदुर पाख्रिनले निष्टले स्थानीय ठाउँका बिपन्न दम्पतीलाई घर बनाईदिएर ठुलो सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यहरु अघि बढाउन आग्रह गर्नु भएको थियो । कार्यक्रममा बोल्दै निष्टका संयोजक प्र्रेम श्रेष्ठले उक्त घर निर्माण कार्यमा सहयोग गर्ने निष्टका सम्पूर्ण सहयोगीहरु, स्थानीय सहयोगीहरु, पत्रकार लगायतलाई धन्यबाद प्रदान गर्दै आगामी दिनमा पनि निष्टले सहयोग गर्न सक्ने विभिन्न क्षेत्रहरुमा सकृय भएर लागिरहने बताउनु भयो । घर हस्तान्तरण कार्यक्रममा निष्टका प्रतिनिधिहरु, पत्रकारहरु तथा स्थानीय बासीको सहभागीता रहेको थियो ।

Back to top