×

बारा २१ कार्तिक । तत्कालीन तमलोपा महामन्त्री एवं पुर्व सासद हाल प्रदेश २ को भौतिक पुर्वाधार बिकास मन्त्रीसमेत रहेको मा. जितेन्द्र सोनलको प्रयासले सघिय सरकारको रकमबाट नितनपुर देखि कलैया कृषि सडक अन्तर्गत बलुवा बन्जरिया को बिचमा पर्ने दुधवरा नदिमा पुल निर्माण को शुरूवात भएकोले आज बिधयत निरीक्षण गरि ठेकदारलाई पुल निर्माण कार्य को लागि निर्देशन दिदै ।यो पुलको लागत १३ करोड असी लाख को लागतमा निर्माण भइरहेको छ । परवानिपुर गाउपालिका र प्रसौनी गाउपालिका र कलैया सदरमुकाम जोडने सडक हो ।नितनपुर,बलुवा,बेहरा,बन्जरिया,प्रस्टोका, रामपुरटोकनी लगायत भेग का जनता लभान्बित हुनेछ ।आज को कार्यक्रममा राजपा बारा श्रेत्र न.४ को सासद एकबाल मिया, परवानीपुर गा. पा. अध्यक्ष हरिनारायण साह, प्रसौनी गा. पा अध्यक्ष भोलाप्रसाद गुप्ता , लगायत वार्ड अध्यक्षहरु र स्थानीय जनता को सयौं संख्यामा उपस्थित रहेको थियो ।

Back to top