वीरगञ्जमा २ लाख ३० हजार अवैध भारतीय नोटसहित विजय कलवार पक्राउ

574

Share
  • 181
  •  
  •  
    181
    Shares

वीरगन्ज २० कार्तीक । वीरगञ्जबाट प्रहरीले २ लाख ३० हजार अवैध भारतीय नोटसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको साविक जरनाथपुर गाविस(५ घर भइ हाल वीरगञ्ज महानगरपालिका(१३ राधेमाई बस्ने ४५ वर्षीय विजय साह कलवारलाई पक्राउ गरेको हो वीरगञ्ज महानगरपालिका-८, स्थित सडक खण्डमा विभिन्न सवारीसाधन तथा पैदल यात्रुहरु चेकजाँच गर्ने क्रममा शंकाष्पद रुपमा पैदल आइरहेका विजयको साथबाट अवैध भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट भारतीय मुद्रा २ हजार दरको नोट एकसय थान अर्थात २ लाख रुपैयाँ र भारु पाँच सय दरको नोट ६० थान अर्थात ३० हजार रुपैयाँ गरी जम्मा २ लाख ३० हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । भारतीय नोटसहित कलवारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here