×

बीरगंज १८ कार्तिक । बिगतमा पर्साको ग्रमिण क्षेत्रको बिकासका मुद्दा र सरोकारका बिषयहरुमा सशक्त भुमिका गरेको ‘पर्सा ग्रामिण सूचना केन्द्र’लाई एउटा पार्टीको पेवा बनाउने किसिमले राजनीतिकरण सुरु भएको छ । उक्त संस्थाको भेला कातिक १० गते शनिवार पोखरियामा गर्ने निर्णय भएको थियो । तर राजनीतिकरणले भेला हुन सकेन ।

‘म अध्यक्ष हुँ, मेरो सल्लाह बिना नै भेलाको समय एक हप्ता सारियो, स्थान परिवर्तन गरियो, संस्थापक भएको नाताले उपस्थित हुनै पर्यो,’ शनिवार सुवर्णपुरमा आयोजित गरिएको चौथो सधारणसभापछि संस्थापक अध्यक्ष आर के पटेलले भने, ‘अनावश्यक राजनीतिकरण भएको देखियो ।’ उक्त कार्यक्रममा नेपाल कम्युनिट पार्टीका नेताहरु र सो पार्टीका भातृसंगठनमा आबद्ध वीरगन्जका पत्रकारहरुलाई मात्र सहभागि गराएर अरुलाई बेवास्ता गरिएको देखेर ग्रामिण भेगका पत्रकारहरुले असहजता महसुश गरेका थिए ।

पर्सा जिल्लामा नेकपाले आम निर्वाचनमा असफलता मात्र पाएपछि ग्रामिण क्षेत्रमा रहेको संचारकर्मीहरुको संगठनलाई कब्जामा पार्ने रणनीति सहित कार्यक्रम गरिएपछि सहभागि ग्रामिण पत्रकार चिन्तित देखिए । उनीहरुलाई रिझाउन मासु र रक्सीको भोज समेत गरिएको थियो । शुभकामना मन्तब्य राख्नेमा कार्यक्रमका प्रमुख अतिथी ठोरी गाउँपालिका प्रमुख नेकपा नेता पिएल श्रेष्ठ, जगरनाथपुर गाउँपालिका प्रमुख नेकपा नेता जालिम मिया, जिराभवानी गाउँपालिका उप प्रमुख नेकपा कि उषा चौधरी, पटेर्वा सुगौली गाउँपालिका उप प्रमुख नेका कि ममता चौधरी, नेकपा भातृ संस्था प्रेस संगठनका केसी लामिछाने, सत्रुधन नेपाल र अनुप तिवारी लगायत थिए ।

राजनीतिकरण भएपछि नयाँ नेतृत्व चयनको लागि राखिएको सधारण सभा ३ महिनाको लागि सादै संस्थापक अध्यक्ष पटेललाई नै अर्को सधारणसभा संयोजनको जिम्मा संस्थामा आबद्ध ग्रामिण संचारकर्मीले दिएका थिए । राजनीतिकरण भएपछि आफु सधारण सभा छोडेर निस्केको अध्यक्षका दावेदार लालबाबु बानियाले बताए । अर्का दावेदार धर्मेन्द्र चौरसियाले ग्रामिण पत्रकारलाई एक आपसमा लडाउन खोजिएको बताए । त्यसतै अध्यक्षका दावेदार प्रमोद यादवले आम ग्रामणि संचारकर्मीको चाहना राजनीतिबाट मुक्त किसिमले संस्था अगाडी बढाउने रहेकोले स्थगित गरिएको बताए । ‘पर्साको ग्रामिण क्षेत्रका पत्रकारहरुको क्षमता अभिबृद्धी र उनीहरुको हक हितको लागि स्थापित संस्था हो यो । त्यसै ढँगले अगाडी बढाउन मैले उम्मेदवारी दिएको थिए । सर्वसम्मतको नाममा त्यहाँ राजनीति गर्न खोजियो, लोकतान्त्रिक बिधीबाट संस्थाको नेतृत्व चयनको प्रक्रिया गरिएन,’ अध्यक्षका दावेदार प्रेम लामाले भने ।

Back to top