×

वीरगन्ज १६ कार्तीक । गण्डक नहरस्थित श्रीसिया खोलाको पुल जीर्ण भएको ५ वर्ष बितिसक्दा पनि सिंचाइ तथा भौतिक यातायात मन्त्रालयले पुनर्निर्माणमा अग्रसरता नदेखाउँदा हाल आवागमन अवरुद्ध भएको छ ।

सिंचाइ तथा भौतिक यातायात मन्त्रालयले कुनै वास्था नदेखाएकोले हाल आवागमन अवरुद्ध भएको हो ।

वीरगंज वडा नं. २१ लिपनीबिर्ता र वीरगंज वडा नं. २२ मनियारीको साँध श्रीसिया खोलामा निम्बसको दाना कारखानानजिक पुल जीर्ण बनेको हो । पुलको पूर्वतर्पmको एउटा स्ल्याब भासिएर धराप बनेको छ । सो पुलबाट आवतजावत गर्दा घरपालुवा जनावर खसेर घाइते हुने र कतिपयको ज्यानै जाने गरेको छ । “पुलबाट खसेर जीवजन्तु मर्न थाले, कुन दिन मान्छे मर्ने हो भन्न सकिन्न । तन्नेरीहरूले अलि होशियारीपूर्वक पुल पार गरे पनि बालबालिका र वृद्धवृद्धाहरू कुनै पनि बेला पुलबाट लड्न सक्छन,” जगरनाथपुरका राम बाबुले बताए ।

सोही पुल भएर जगरनाथपुरबाट लिपनीबिर्तातर्पm गइरहेको दुई गोरुमध्ये एक गोरुको पुलबाट तल खसेर मृत्यु भएको छ । पुलबाट खसेर गम्भीर घाइते भएको गोरुलाई गोरुधनीले त्यहीं छोडेर भागेको पटेलनगरका सोनालाल साह बताउँछन् । छठ आउन लाग्दा पनि मृत गोरु कसैले व्यवस्थापन गरेको छैन । नदीमा दुर्गन्ध पैmलिने गाउँका बासिन्दालाई चिन्ता छ ।

स्थानीय प्रशासनले पुलको दुवै छेउमा पुल जीर्ण भएको र सवारी साधन नचलाउन निर्देशनसहितको बोर्ड झुन्डयाएको छ । पुलको एउटा स्ल्याबमा ३ फिट चौडा र ६ फिट लम्बाइको प्वाल परेको छ ।

गण्डक नहर सडकखण्डको जिम्मेवार निकाय नारायणी सिंचाइ डिभिजन कार्यालयका इन्जिनियर सुबोध कुशवाहाले पुलको अवस्थाबारेमा माथिल्लो निकायमा पटकपटक जानकारी गराएको तर हालसम्म निर्माणको लागि बजेट नआएको प्रतिक्रिया दिए । उनले पुलको क्षमताभन्दा अधिक भारका सवारी साधन पुलबाट आवतजावत गरेकाले पनि पुलको स्ल्याब भासिएको बताए । पर्साको सगरमुकाम आउन धेरै जसो ग्रामिणबासी सो पुलको प्रयोग गर्ने गरेका छन तर पनि पर्साका स्थानिय नेता देखि सासद मौन रहेका छन ।

दाना कारखाना, विश्वकर्मा सिमेन्ट, कलश सिमेन्टलगायत विभिन्न छाला उद्योग, ओम सिमेन्टलगायतका उद्योगको मालसामानको ढुवानी सोही पुल भएर हुने हुँदा जीर्ण बनेको हो ।

Back to top