×

वीरगन्ज १५ कार्तीक । भौतिक पुर्वाधार बिकास मन्त्रालयको यातायात पुर्वाधार निर्देशनालय तथा पुर्वाधार बिकास कार्यालय जनकपुरमा आज भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलकाे प्रमुखअतिथिमा कार्यालय उदघाटन भएको छ । मन्त्री सोनलले केन्द्र सरकारले विभेद गरेपनि प्रदेश २ को सरकारले मधेसी जनताको चाहना अनुरुप प्रत्येक जिल्लाहरुमा कार्यालयहरु खोल्ने बताउनु भएको छ । प्रदेशको हरेक जिल्ला जोडने प्रादेशिका सडक निर्माण गर्ने भौतिक मन्त्रालयको प्रमुख योजना रहेको भौतिक पुर्वाधार बिकास मन्त्री जीतेन्द्र सोनल उत्त कार्यक्रममा बताउनु भएको छ । कार्यक्रममा भौतिक राज्य मन्त्री डिम्पल झाले केन्द्रीकृत सिंहदरबारबाट होइन मधेसी जनताको आन्दोलनबाट सघियाता ल्याएको हो , मधेसी जनताको बिकास लागी हामी सधै तैयार रहेको बताउनु भयो । कार्यक्रममा भौतिक पुर्वाधार बिकास मन्त्रालय सचीव जीवछ मण्डल प्रदेश सासद शारदा श्रेष्ठ , रामचन्द्र मण्डल , परमेश्वर साह , राम सरोज यादव लगायत शुभकामना व्यक्त गरेका थिए । भने पुर्वाधार बिकास कार्यालय धनुषाका प्रमुख महेश यादवले स्वागत मन्तव्य यातायात पुर्वाधार निर्देशनालयका प्रमुख उमाशकर साहको अध्यक्षता भएको थियो ।

Back to top