भारतीय रेल्वेबाट किलंकर, कोइला ढुवानी समाधान गर्न अशोक वैद्य सहित ६ सदस्यीय समिति गठन

211

Share
  • 84
  •  
  •  
    84
    Shares

बीरगंज १५ कार्तिक । भारतीय रेल्वे मार्फत ढुवानी गरिने किलंकर, जिप्सन, कोइला लगायतका डटी कार्गोको आयातमा भारत तर्फबाट अवरोध सृजना भएपछि उत्पन्न समस्या समाधान गर्न सरकारले वैकल्पिक उपायको खोजीका लागि एक समिति गठन गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव रवि शंकर शैजुको संयोजकत्वमा वीरगंजका उद्योगपति अशोक वैद्य सहितको ६ सदस्यीय समिति गठन भएको छ । समितिले डटी कार्गो आयातमा भएको कठिनाईको अध्ययन गरी उत्पन्न समस्या समाधान गर्न वैकल्पिक उपाय समेत खोजी गर्दै सरकारलाई सिफारिस गर्ने निर्णय भएको समितिका सदस्य अशोक वैद्यले बताउनु भयो । विगत ५–६ महिना देखि भारतको रक्सौलका स्थानिय वासिन्दाको अवरोधका कारण वीरगंज नाकाबाट सिमेन्ट तथा स्टिल उद्योगको कच्चा पदार्थको रुपमा रहेको डटी कार्गोको आयातमा अवरोध सृजना भएको छ । यता अशोक वैद्ये यो समस्या नेपाली आयातकर्ताका कारण नभई भारतीय रेल्वेका कारण जन्मिएको भन्दै उसैले समाधान गर्नु पर्ने बताए । नेपाली सिमेन्ट उद्योगलाई धरासायी बनाउने गरी स्थानीयले अवरोध गर्दा रक्सोलस्थित एसडीएमको कार्यालयले उदासीनता देखाएकोमा वैद्येले चिन्ता व्यक्त गरे । समस्या समाधानका लागि वीरगन्ज उद्योग वाणिज्य संघले रक्सोल कष्टम, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासलगायत उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय र भन्सार विभागलाई समेत जानकारी रहेको वैद्येले बताए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here