×

वीरगंज ६ कात्तिक । शसस्त्र प्रहरीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको रु ३ लाख २७ हजार बराबरको कपडा, हार्डवयर र किराना सामान बरामत गरेको छ । शसस्त्र प्रहरी गुल्मबाट प्रहरी नायब उपरिक्षक तिलक बहादुर खड्काको कमाण्डमा खटिएको गाडी मोबाईल डियुटी टोलीले वीरगंज १६, रजतजयन्ती इलाकाबाट चेकजाच गर्ने क्रममा दुइटा मोटरसाइकल बोकी ल्याउदै गरेको सामान बरामत गरेको हो ।

बि।आर। २२ आई। सि। २२६२ हिरो हुण्डा र बा। १६ प। ९९७३ नम्बरको मोटरसाइकलमा लोड गरि पैठारी गरी ल्याउदै गरेको सामान विहान ७ बजेको समयमा बरामत गरिएको शसस्त्र प्रहरीले जनाएको छ । बरामत गरिएको सामान भन्सार कार्यालय वीरगंज बुझाएको प्रहरी नायब उपरिक्षक खड्काले वताए ।

यस्तै शसस्त्र प्रहरीले भारतिय नम्बरको एक थान बलेरो जिप समेत बरामद गरेको छ । बि।आर।९ जि। ४५४६ नम्बरको बलेरो जिप आज विहान ९ बजे वीरगंज १६, भन्सार मुल गेट एरियाबाट बरामत गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।

मिति २०७५र५र२६ गते देखि मिति २०७५र५र२७ गते २ दिनको नेपाल प्रबेश प्रज्ञापनपत्र लिई उक्त अवधि देखि मिति २०७५र७र६ गते सम्म ४० दिन अबैध रुपमा नेपाल बसी भारत तर्फ जादै गर्दा उक्त स्थानमा गाडी मानिस भागेको अवस्थामा रु २० लाख बराबरको बलेरो जिप बरामत गरि भन्सार कार्यालय वीरगंज बुझाइएको खड्काले वताए ।

Back to top