×

वीरगन्ज ६ कार्तिक । राष्ट्रिय एकता भए पछि मात्र मधेसको विकास हुने पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता पुष्प कमल दाहाल प्रचण्डले बताएका छन् ।

नेकपा अध्यक्ष दाहालले अलग मधेस बनाउन खोजिए मधेसीले धोखा पाउने बताए। 'काठमाडौंबाट मधेस अलग गरी मधेसीको माग पूरा हुँदैन' दाहालले भने, 'विखण्डनले मधेसको माग पूरा हुँदैन।' विखण्डनले डाकाहरुको माग मात्र पूरा हुने उनले टिप्पणी गरे। विखण्डनले शत्रुको माग पुरा हुन्छ मित्रको माग पुरा हुँदैन उनले भने।

जनकपुरधाममा रहेको पूर्व एमालेको पार्टी कार्यालय एवं वर्तमानको नेकपाको प्रदेश पार्टी कार्यालयमा आयोजना भएको कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता पुष्प कमल दाहाल प्रचण्ड , प्रदेश न २ का मुख्यमन्त्री मो . लालबाबु राउत, नेकपाका महासचिव विष्णु पौडेल, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ लगायतका शीर्षनेताहरुको सहभागिता रहेको थियो ।

प्रदेश २ को सरकारले संघीय ऐन आउनुअघि प्रदेश प्रहरी ऐन ल्याएर मुलुकमा दुर्घटनाको निम्ता गरेको बताउँदै दाहालले भने, 'मुख्यमन्त्रीजी ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटनाको खतरा हुन्छ । दुर्घटना ननिम्त्याउनुस्, तपाईंको मागप्रति म गम्भीर छु ।'

संविधानमा पहिले संघीय सरकारले प्रहरी ऐन ल्याउने भए पनि प्रदेश सरकारले पहिले प्रदेश प्रहरी ऐन ल्याए मुलुकमा दुर्घटना हुन सक्ने उनले सचेत गराए। 'संघीयपछि त्यसअन्तर्गत प्रदेशले प्रहरी ऐन बनाउने प्रावधान छ', दाहालले भने 'मौलिक अधिकारसम्बन्धी जरुरी ऐन पारित गर्नुपरेकोले संघीय प्रहरी ऐन ल्याउन केही ढिलो भएको छ। ढिलो भयो भन्दैमा उछिनापाछिन गरी ओभरटेक गर्न मिल्दैन। ओभरटेक गरे दुर्घटना हुन्छ। '

https://www.facebook.com/kanchanjhaofficial/videos/1958148121152232/?t=7

Back to top