मधेसी भएकै कारण पप्पुमाथि अख्तियार पूर्वाग्रही– मुख्य मन्त्री लालबाबू राउत (भिडियो सहित)

1008

Share
  • 1.6K
  •  
  •  
    1.6K
    Shares

वीरगन्ज, ४ कार्तीक । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाको वडा न ५, महुवनमा आयोजित पुरुष भोलिबल नटआउट टुर्नामेन्ट प्रतियोगिता सम्पन्न भएको छ । पारस नाथ खेलकुद बिकास समितीले आयोजना गरेको ५ दिने भोलिबल नटआउट टुर्नामेन्ट सप्पन्न भएको हो ।
प्रदेश न २ का मुख्य मन्त्री लाल बाबू राउत गद्दिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई गद्दिले समबोदन गर्दैे पप्पु कन्स्ट्रक्सनका सञ्चालकमाथि अख्तियार दुरुपयोग आयोग पूर्वाग्रही बनेको आरोप लगाएका छन् । देशमा थुप्रै निर्माण कम्पनीका बारेमा गुनासो आए पनि उनीहरुका बारेमा उदासीन बनेको अख्तियारले पप्पु कन्स्ट्रक्सन मधेसी भएकै कारण पूर्वाग्रह देखाएको दाबी गरेका हुन् । अख्तियारले पप्पुका संस्थापक हरिनारायण रौनियार र अध्यक्ष सुमित रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको छ । रौनियार मधेसी समुदायबाट हुनु र फोरमबाट निर्वा्चित भएकै कारण अख्तियार उनीप्रति पुर्वाग्रही देखिएको गद्दिको भनाइ छ । पप्पुजस्ता अन्य निर्माण व्यवसायीका बारेमा अख्तियार मौन बस्नु र पप्पुमाथि खनिइनु दुःखद भएको पनि गद्दिले बताए ।
प्रतियोगिताको बिजेता भारत बिहारको धमवरा भएको छ । नेपालको शुगौली र भरतको धमवरा वीर शनिबार फाईन खेल भएको थियो । प्रतियोगिताको बिजेता धमवरालाई रु २० हजार र उप बिजेता सुगौलीलाई रु १० हजार पुरस्कार समेत दिईएको स्थानिय शुनिल जयशवालले वताए ।
पारसनाथ खेलकुद बिकास समिती महुवनका अध्यक्ष बेद प्रकाश प्रसाद रौनियारको अध्यक्षतामा र प्रदेश न २ का मुख्य मन्त्री लाल बाबू राउत गद्दिको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमका पर्सा क्षेत्र न ३ का सांंसद हरिनारायण प्रसाद रौनियार, प्रदेश सभा सदस्य प्रह्लाद गिरि , सिनगासन साह कलवार , जिल्ला समन्वय समिति पर्साका संयोजक नेकमहमद अन्सारी, संघीय समाजबादी फोरम नेपालका केन्द्रिय सदस्य बिरेन्द्र यादव, सखुवा प्रसौैैनी गाउँपालिका अध्यक्ष प्रदिप जयसबाल, गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह लगायतकाले बिजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।

मधेसी भएकै कारण पप्पुमाथि अख्तियार पूर्वाग्रही– मुख्य मन्त्री लाल बाबू राउत । www.yatradaily.com

Yatra Daily ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಭಾನುವಾರ, ಅಕ್ಟೋಬರ್ 21, 2018


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here