×

वीरगंज २ कार्तिक । प्रतिनिधिसभा सांसद एवं संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले वीरगंज–१६ नगवामा श्री बौद्धी माई बिकास समितिद्वारा आयोजित विराट दंगल (कुस्ती) प्रतियोगिता उद्घाटन गरेका छन् । दशैँको नौऔं दिन हरेक वर्ष आयोजना गरिने दंगल प्रतियोगितामा हजारौं दर्शक माझ सांसद प्रदीप यादवले विधिवत उद्घाटन गर्नु भएको थियो उनी मधेसको पहिचान रातो पगरी लगाएर आखाडाको मञ्चमा चढेका थिए।

दंगलको उद्घाटन गर्दै सांसद प्रदीप यादवले छठ पछी दिनमा संबिधान संसोधन नभए सरकारमा पनि कुस्तीकै दाउ आवश्यक रहेको बताए । ‘जसरी कुस्तीमा दाउ लगाएर प्रतिस्पर्धीलाई पराजित गरिन्छ, त्यस्तै दाउ प्रयोग गरी मधेस विरोध शक्तिहरुलाई पराजित पर्छ', उनले भने ।

'मधेसी जनताको संघर्ष, चाहना र शहादतको बलमा देशमा संघीयता स्थापित गर्न सफल भएका छौ' उनले थपे 'कुस्ती खेलले योद्धालाई जन्माउन छ , मधेसका बिभिन्न पहालवानहरु देश विदेश बाट पदक लाउन सफल भएपनि खेलाडीहरुको उचित व्यवस्थापन सरकारले नगरेको हुनाले उनिहरु पछाड़ीं परेका छन् ।' अब बनेको प्रदेश सरकारले पनि कुस्ती प्रतियोगिता जुन मधेस भरी नै आयोजना हुने एतिहासिक खेल हो त्यसलाई पुर्णरुपले व्यवस्थापन गर्नुपर्ने बताए ।

दिनभरी चल्ने कुस्ति दंगल प्रतियोगितामा दैनिक करिब सवा सय जोडी कुस्ती भइरहेको प्रतियोगिता आयोजकले जानकारी दिए । आज नेपाल–भारतका प्रसिद्ध कुस्तीवाजहरुको लडाइ हुने कार्यक्रम छ । दंगलमा भारतको बनारस, गोरखपुर, गाजियाबाट, पन्जाब, हरियाणा, दिल्ली, मुम्बईलगायतका ठाउँबाट ख्याती प्राप्त पहलमानहरु कुस्ती लड्न आएका छन् ।

वीरगंज महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष श्यामबाबु चौरसियाको अध्यक्षतामा आयोजित प्रतियोगितामा प्रदेशसभा सदस्य करिमा बेगम, वडा नं. ५ का वडा अध्यक्ष प्रदीप चौरसिया, अमिरिलाल साह, जगदिश यादव, रामाकान्त चौरसिया, ब्रह्मदेव खलिफा, अरूण यादव, मदन यादवलगायतका नेता एवं समाजसेवीहरूको विशेष उपस्थती रहेको थियो ।

Back to top