×

वीरगंज २ कार्तिक । वडादशैंको अवसरमा आज पर्साको सखुवाप्रसौनी गाउँपालीकाको महुवन टोलमा आज कुस्ती प्रतियोगिताको आयोजना गरीएको छ । वडादशैको अवसरमा आयोजित यो प्रतियोगीतामा नेपाल र भारतका राष्टिय स्तरका १०० भन्दा वढि महिला तथा पुरुष कुस्ती खेलाडीहरु सहभागी भएका थिए ।नेपालको पर्सा ,बारा तथा काठमान्डौ र भारतको अयोध्या,गोरखपुर,मथुरा,पंजाब हरियाणा ,दिल्ली तथा जम्मुका युवा तथा युवती कुस्ती खेलाडीहरु यो प्रतियोगीतामा प्रतिस्पर्धा गरेका थिए । कुस्ती प्रतियोगीताको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एव् पर्सा क्षेत्र नम्बर १ का सासद प्रदीप यादवले उदघाटन गर्नुभएको हो प्रतीयोगीताको उद्घाटन गर्दै उहाँले केन्द्रिय सरकारको दोधारे नितीका कारण प्रदेश नम्बर दुईमा खेलकुद र खेलाडीको विकास हुन नसकेको आरोप लगाउनुभयो । उहाँले तराई मधेशको शान र पहिचानको रुपमा रहेको कुश्ती खेल र खेलाडीहरुको संरक्षणमा सरकारले गरेको उपेक्षताले कुस्ती खेलको विकास हुन नसकको बताउदै उहाले यसको संघीय ससंदमा आवाज उठाउने बताउनु भयो । सांसदले यादवले यो खेलको लागि प्रदेश नम्बर दुईको प्रत्येक जिल्लामा प्रशिक्षण केन्द्र खोल्नका लागि प्रदेश सरकार समक्ष पहल गर्ने प्रतीबद्धता जनाउनुभयो । प्रतीयोगीतामा प्रदेश नम्बर दुईका प्रदेश सभा सदस्य प्रहलाद गिरी , सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवाल , जगरनाथपुर गाउँपालिकाका जालिम मिया , पर्सागढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष असलम आलम , संघीय समाजवादी फोरम नेपाल पर्साका सदस्य तबरेज अहमद लगायतको उपस्थिती रहेको थियो । आजको कुश्ती प्रतीयोगितामा भारत र नेपालका राष्ट्रिय स्तरका प्रसिद्ध पहलवानहरूको सहभागीता रहेको छ ।

 

Back to top