×

वीरगन्ज २ कार्तिक । मधेश आन्दोलनको जिउदो सहिद मुन्सी पटेललाई प्रदेश नम्बर २ को भौतिक पुर्बाधार बिकाश मन्त्री एवम् राजपा नेपालको महासचिव माननीय जितेन्द्र सोनलले सहयोग गरेका छन ।

बिजया दशमीको दिन मधेश आन्दोलनको जिउदो सहिद पटेललाई चाड पर्व तथा आउदै गरेको चिसो को मधयनजर गर्दै नगद ५१ हजार एक सय रुपैया तथा चिसो बाट बचन गरम कपडा र उनका श्रीमतीका लागि साडी लगायत समाग्री प्रदेश मन्त्री जितेन्द्र सोनल दिएका छन ।

पर्सा जिल्लाको वीरगन्ज महानगर पलिका वाड नम्बर २८ बगही निवासी पटेल सहोयो लदै खुसी भएका थिए । दिल्लीमा मेरो उपचारमा तपाईंको सहयोग रहेकोले कहिले बिर्सन सकिदैन घाइते पटेलले मन्त्री सोनल लाइ भने । भेटघाटमा राजपाको केन्द्रिय सदस्य रामचन्द्र सिंह, २८ नम्बरको वडा अध्यक्ष तथा गाउले हरुको उपस्थिति रहेको थियो ।

Back to top