×

वीरगंज २ कार्तिक । पुर्व सांसद एवं नेकपाका नेता राजकुमार गुप्ता आज पर्साको प्रसिद्ध बिन्दवासनी माई मन्दिरको मेला अवलोकन तथा पुजापाठ गर्नुभएको छ । वीरगंज महानगरपालिका वडा नं। १९ केहुनिया अन्र्तगत रहेको बिन्दवासनी माई मेलाको अवलोकन गर्नुभएको हो । मेला अवलोकनको क्रममा नेता गुप्ताले विन्दवासनी माई मन्दिर र त्यहाँ रहेका भौतिक सरचनाको समेत अवलोकन गर्नुभएको थियो । सो अवसरमा मन्दिरका पुजारी पुरुषोत्तम उपाध्यायले मन्दिर बिकाशमा जोड दिन नेता गुप्ता संग आग्रह गर्नुभएको थियो । एतिहासिक मन्दिर भएपनि उचित प्रचार प्रसारका कारण मन्दिर ओझेलमा परेको प्रति पुजारी उपाध्यायले चिन्ता व्यक्त गर्नुभएको थियो । मेला अवलोकनको क्रममा नेता गुप्ता संग स्थानिय जनप्रतिनिधिहरुले बिकाश निर्माण तथा भावि योजना बारे पनि छलफल गर्नुभएको थियो । सो अवसरमा वडा नं। १९ का वडा अध्यक्ष संतोष तिवारी, नेकपाका नेता गौरीशंकर साह ,धिरज चौरसिया ,उत्तम तिवारी,बिकाश पाण्डे, चाँसी साहलगायतको उपस्थिती रहेको थियो ।

Back to top