×

वीरगन्ज ३१ असोज । अतिथिको स्वागत गर्दा होस् या तिहारमा दाजुभाइलाई दिदीबहिनीले माला लगाइदिने समयमा होस्, सयपत्री पूmलको मालाले दिने सौन्दर्य र महŒव अतुलनीय छ । पूmलको महŒव पछिल्लो समय हरेक क्षेत्रमा विस्तार हुँदै आएको छ । मानिस जन्मिएपछि गरिने न्वारानदेखि मृत्युवरण गरेपछि घाटसम्म, मन्दिरदेखि घरसम्म सयपत्री पूmलको प्रयोग हुन्छ ।

विवाह, व्रतबन्ध, पार्टी, विभिन्न सभा–समारोह, पाहुनाको स्वागत तथा बिदाइलगायत कार्यमा सयपत्री पूmलको माला तथा थुङ्गाको प्रयोग अधिक हुन्छ । हरेक सुख–दुःखका कार्यमा नेपालीहरूले यतिधेरै पूmलको प्रयाग गर्दै आइरहेपनि भारतबाट महँगोमा आयात गरेर सयपत्रीको माग धान्नुपरिरहेको छ । विशेषतः दशैं, तिहार र छठमा पूmलको आयत गर्दा लाखौं मूल्य प्रत्येक वर्ष भारत बाहिरिने गरेको छ । भारतबाट प्रत्येक वर्ष लाखौं मूल्य बराबरको सयपत्री पूmल आयात भइरहेको समयमा ठोरीका एक व्यक्तिले सयपत्री पूmलको व्यावसायिक खेती शुरु गरेका छन् ।

ठोरी गाउँपालिका–४ को मालीबस्तीका कुमार केसीले सयपत्री पूmलको व्यावसायिक खेती शुरु गरेका हुन् । ओरियाखोलाको किनारमा १५ कठ्ठा जमीन भाडामा लिएर केसीले सयपत्री पूmलको खेती विगत एक वर्षदेखि गर्दै आएका छन् । फूलको स्याहारसुसार गर्न उनले मान्छे राखेका छन् । केसीले उत्पादन गरेको पूmल काठमाडौं र वीरगंजसम्म पुग्ने उनले बताए । केसीको पूmलखेतीबाट दैनिक दुई सय माला उत्पादन हुने गरेको छ । उनले उत्पादन गरेका पूmलको माला काठमाडौं र वीरगंजमा खपत हुँदै आएको छ । काठमाडौंमा पूmलको माला रु. २२ र वीरगंजमा प्रतिमाला २० मा बेच्ने गरेको केसीले बताए । विशेष गरेर दशैं, तिहार र छठ पर्वमा सयपत्री पूmलको माग बढी हुने गरेपनि पछिल्लो समय हरेक समयमा पूmलको माग बढेको केसीले बताए । केसी भन्छन्–“कम लगानी र थोरै समयमा दोब्बर आम्दानी हुने भएकोले पूmलखेतीको व्यवसाय पछिल्लो समय नेपालको विभिन्न भागमा हुने गरेको छ ।” फ्लोरीकल्चर एसोसिएशनमा आबद्ध रहेका केसीका अनुसार चाडपर्वसँगै विभिन्न सभा समारोह, विवाह, व्रतबन्ध, मठमन्दिर लगायत स्थानमा यसको उपभोग दैनिक बढ्दै गएकोले किसानहरू व्यावसायिक पूmलखेतीतर्पm आकर्षित हुँदै गएका छन् । केसी अघि थप्छन्–“विशेष गरेर तिहार र छठ पर्वमा लाखौं रुपिंयाँको पूmल भारतबाट नेपाल आयात हुने गर्छ । नेपालमा उत्पादन हुने पूmलले मात्र माग धान्न सक्ने अवस्था छैन । नेपालमैं यसको सम्भावना हामीले देख्न सकिरहेका छैनौं । ठोरीलाई पूmल खेतीको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिन्छ । पूmल खेती विशेष गरेर नेपाली महिलालाई स्वरोजगारी बनाउने वैकल्पिक व्यवसाय हुन सक्छ । महिलालाई सयपत्री पूmलको खेतीतर्फ आकर्षित गराउन सके थोरै पूँजी र मेहनतमा मनग्य आम्दानी गर्न सकिन्छ । यसले सयपत्री पूmलमाथिको परनिर्भरता हट्न सक्छ । काठमाडौं र वीरगंजमा मात्रै होइन, सयपत्री पूmलको मालाको माग नेपालको मुख्य शहरहरूबाट आउन थालेको छ । अहिले भइरहेको सयपत्री पूmलखेती अपुग छ । ठोरीमा पनि धेरै ठूलो सम्भावना छ । सयपत्री पूmलको परनिर्भरता हटाउन यस्तो खेती गर्ने किसानलाई तालीम, प्राविधिक सहयोग र अनुदान दिनुपर्छ ।”

Back to top