×

वीरगन्ज ३० असोज । प्रदेश नं।२ को एक मात्र वीरगन्ज महानगरनपालिकामा रहेको गहवामाई मन्दिरमा धुमधामले आज फुलपाति भित्र्याइएको छ ।

वीरगन्जको विर्ता निशानी माई भागवतीको मन्दिरबाट विहान शुभ साइतमा निकालिएकोे फूलपाती नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरीको कडा सुरक्षाका बीच बाजा गाँजाको साथ धुमधामले गहवामाई मदिरमा भित्र्याइएको हो ।

विहान ९ बजेर ४१ मिनटको शुभसाइतमा गहवामाई मन्दिरमा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले विधिपूजा गरी फुलपाति भित्र्याएका हुन । फुलपाति पूजालाई नेपाल सेन, सशस्त्र तथा नेपाल प्रहरीले सलामि अर्पन गरेको थियो ।

विर्ताबाट निकालिएको फूलपाति हर्न सिमावर्ती भारतीय सहर देखी बारा, पर्सा, रौतहट समेतबाट आएको श्रद्धालुहरुको भारी भिड भहवामाई मन्दिर परिसरमा जम्मा भएको थियो

Back to top