बिन्ध्यबासिनी साङ्गितिक अवार्डबाट साह सम्मानित

50

Share
  • 160
  •  
  •  
    160
    Shares

वीरगंज, आश्विन २८ – मुक्तिनाथ बिकास बैंकको प्रायोजन र बिन्ध्यबासिनी म्युजिक प्रालिको प्रस्तुती तथा बिन्ध्यबासिनी फाउण्डेशनले आयोजना गरेको “बिन्ध्यबासिनी सङ्गीत साँझ २०७५” र “नवौं बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७५” बाट प्रदेश नं. २ को तर्फबाट पर्सा जिल्लामा साङ्गितिक र कला क्षेत्रमा सक्रिय पत्रकारिता गर्दै आएका युवा पत्रकार शिवम साह सम्मानित भएका छन् ।

वीरगंज टेलिभिजन, रेडियो तराई तथा केहि स्थानीय पत्रपत्रिकामा काम गर्दै आफ्नो पत्रकारिताको यात्रा सुरु गरेका साह अहिले पर्साबाट संचालन हुने नारायणी एफएममा कार्यरत रहेका छन् । साह वीरगंजमा एक बहुचर्चित स्टेज कार्यक्रम संचालक समेत हुन्, उनले राष्ट्रिय स्तरका कार्यक्रम समेत संचालन गरिसकेका छन् ।

काठमाडौँमा शनिबार फाउण्डेशनद्वारा आयोजित एक समारोह विच नेपालका ७ वटै प्रदेशबाट साङ्गितिक क्षेत्रमा सक्रिय पत्रकारिकता गर्दै आएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

समानित हुनेमा प्रदेश नं. १ बाट सपनी राई, प्रदेश नं. २ बाट शिवम साह, प्रदेश नं. २ बाट हरि बल्लभ नेपाल, प्रदेश नं. ४ बाट प्रकाश पौडेल, प्रदेश नं. ५ बाट अनिता खत्री, प्रदेश नं. ६ बाट केशब ढकाल र प्रदेश नं . ७ बाट कृष्ण ओली रहेका थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here