×

वीरगंज, आश्विन २७ - युवा यात्रा नेपाल क्लब वीरगंजको आयोजनामा शनिबारबाट वीरगंजमा ११ दिने १ दिवसिय अण्डर १६ दशैँ प्रिमियर लिग सुरु भएको छ । ५ टिमको सहभागिता रहेको उक्त १ दिवसिय खेलको आज एक समारोहविच उद्घाटन गरिएको हो ।

क्लबका अध्यक्ष फिरोज अन्सारीको सभापतित्व तथा सानो पाईला संस्थाका संस्थापक एवम् प्रमुख कञ्चन झाको प्रमुख आतिथ्यमा आयोजित पहिलो दिनको उद्घाटन खेलमा नगवा क्रिकेट ऐकडमि र विसिटिसीले प्रतिस्पर्धा गरिरहेका छन् ।

कार्यक्रममा उद्घाटन गर्दै प्रमुख अतिथि कञ्चन झाले क्रिकेट खेल संग सबैलाई जोड्ने शक्ति राखेकोले यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिन आवश्यक रहेको बताए । उनले क्रिकेट खेलको मुख्य विशेषता टिम स्प्रिटबाट हामिले पाठ सिकेर समाजमा पनि यसरी नै एक ढिक्का भई विकास निर्माणमा सहयोग गर्ने आग्रह गरे । झाले खेलकुदले समाजमा रहेको लागु औषध दुरुपयोग जस्ता अन्य कयौं कुरीतिहरुलाई कम गर्ने महत्वपूर्ण भूमिका खल्ने भएकोले पनि सबैले मिलेर खेलखुदलाई प्रोत्साहन गर्नु पर्ने सुझाव दिएका थिए ।

वीरगंजमा महानगरपालिका कार्यालयको सहयोगमा सुरु गर्ने लागिएको वीरगंज क्रिकेट एकडमिको लागि सानो पाईला संस्थाले १ लाख १ हजार रुपैया आर्थिक सहयोग गर्ने झाले प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

त्यसैगरी युवा नेता तथा भिजिट मधेस नेपाल अभियानका नेपाल प्रमुख ओमप्रकास सर्राफले नेपाल सरकारले मधेसलाई उपेक्षा गरे झैँ मधेसको क्रिकेट खेललाई समेत उपेक्षा गरेको आरोप लगाए । उनले वीरगंजले १ दर्जन भन्दा पनि बढि राष्ट्रिय स्तरको क्रिकेट खेलाडि उत्पादन गरिसके पनि संघीय सरकारले यसको विकास र प्रवर्द्धनका लागि खासै चाँसो नदेखाएको गुनासो गरे । सर्राफले स्थानीय सरकार र प्रदेश सरकारलाई खेल विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्न आग्रह समेत गरे ।

कार्यक्रममा भर्खरै बंगलादेशबाट अण्डर १९ एक दिवसीय क्रिकेट प्रतियोगितामा कप्तानका रुपमा आफ्नो खेल प्रदर्शन गरेर आएका वीरगंजका खेलाडि आशिफ शेख र उनका पिता स्थानीय समाज सेवी सलाम शेखलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा वीरगंज महानगरपालिका क्रिकेट समितिका कोच प्रकाश शर्मा, संघीय समाजवादी फोरम नेपालका स्थानीय नेता सन्तोष सर्राफ, ज्ञानोदय स्कुलका प्रधानध्यापक राजेश लिम्बु, सह प्रधानध्यापक उत्तम गुप्ता, सानो पाईलाका दिपक श्रेष्ठ, सिपरदी ट्रेडिङ्गका अरमान हवारीलगयातले आफ्नो मन्तब्य राखेका थिए भने कार्यक्रमको सहजीकरण सद्दन हुसेनले गरेका थिए ।

Back to top