×

वीरगंज, आश्विन २६ - निजि विद्यालयहरुको छाता संगठन प्याब्सन पर्साले शुक्रबार एक कार्यक्रमविच सर्वासमतबाट प्याबनको पहिलो वीरगंज महानगरपालिकाको कमिटि गठन गरेको छ ।

नगवा स्थित सन् लाईट उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक आलोक कुमार चौरसियाको अध्यक्षतामा आज ९ सदसिय कमिटि गठन गरिएको हो । नव गठित कमीटको उपाध्यक्षमा प्रदीप कुशवाह, सचिवमा राहुल श्रीवास्तव, कोषाध्यक्षमा सन्नी पाख्रिन रहेका छन् भने सदस्यमा विरेन्द्र यादव, निखिल गुप्ता, सन्दिप तुल्स्यान, विरेन्द्र पण्डित र पर्मानन्द कुशवाह रहेका छन् ।

वीरगंज स्थित मकालु होटेलमा प्याब्सन जिल्ला कमिटिका अध्यक्ष हरिशंकर साहको सभापतिवा तथा संगठनका प्रदेश नं. २ का कोषाध्यक्ष इम्मामुदीन अहमदको प्रमुख आतिथ्यमा आयोजित दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदन प्रदान कार्यक्रममा महानगर कमिटि गठन गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादव, प्रदेशसभा सांसद एवं राष्ट्रिय जनता पार्टी नेपालका सभापति मण्डलका जिल्ला संयोजक रमेश पटेल, वीरगंज महानगरपालिका नगर प्रमुख विजयकुमार सरावगी, उप-प्रमुख शान्ति कार्की, नेपाली कांग्रेसका जिल्ला सभापति एवं पुर्व सभासद अजयकुमार द्विवेदी, नेपाल कय्मुनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता प्रभु हजरालगयातले शुभकामना दिएका थिए ।

Back to top