×

वीरगन्ज २६ असोज । वीरगन्जको जिल्ला प्रहरी कार्यालय अगाडी रातो बङगलामा पुरानो बाँस लगाई बनाउन लागेको ६५ फिटको अमरनाथ तथा बैण्णो देवि गुफा कुन समयमा भासिने सक्ने सम्भावना रहेको छ ।

केहिदिन पहिला रातो बङगलामा मेलाका विभिन्न सामग्री राख्ने ठाउँ बनाउँन सारेर राखिएका ह्युमपाइप खसेर नजिकै खेलिरहेका बालबालिका च्यापिएका थिए । सो स्थलमा आयोजना गर्न लागिएको दशैं मेला स्थगित गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत भीष्म भुसालले बताएका छन तर ६५ फिटको अमरनाथ तथा बैण्णो देवि गुफा भने थयावत रहने महानगरले जनाएको छ ।

६५ फिटको अमरनाथ तथा बैण्णो देविको गुफामा मेलाको समय मानिसहरुको भीडका कारण पुरानो बासले भार थेक्न नसकी कुनै पनि समय भासि दुर्घटना हुने सम्भावना रहेको स्थिानिय बासिन्दा श्याम गुप्ताको भनाई रहेको छ ।

दुर्घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राखी रमाइलो मेलामा रोक लगाइएको भुसालले बताए पनि सो स्थानमा तयार भइसकेको ‘६५ फिटको अमरनाथ तथा बैण्णो देवि गुफा मेला भने थयावत रहने भएको छ ।

यो कुन समयमा भासिन सक्ने समभाबनाहरु रहेको देखदा पनि महानगरले ६५ फिटको अमरनाथ तथा बैण्णो देवि गुफा मेला संचालन गर्न ईजाजत दिएको ले स्थिानिय बासी चिन्तीत भएका छन ।

Back to top