जगदम्बा स्टील्स्का संचाल संम्र्पक बिहीन-दुताबास, दुईको भारयितको अवस्था गम्भीर

489

Share
  • 84
  •  
  •  
    84
    Shares

वीरगन्ज २५ असोज । बाराको सिमरामा जगदम्बा स्टील्स्को फलाम गलाउने भट्टी पड्किंदा बुधवार पाँचजना घाइते भएका थिए ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको मा दुई जनालाइ भारत बिहार राज्य पटनाको अपोलो अस्पताल लगिएको छ घाइतेको उपचारमा गर्नुपर्ने सहयोलका लागी जगदम्बाका संचालक रमेश अग्रवाललाई वीरगन्ज महावाणीज्य दुताबास वीरगन्जले संम्र्पक गर्न खोज्दा उनि संम्र्पक नआएको वीरगन्ज महावाणीज्य दुताबास वीरगन्जले जनाएको छ । बाकी घाइतेको वीरगंजमा उपचार भइरहेको छ जसमा एक जना गम्भीर घाइतेको शरीरका भाग पूर्णरूपमा जलेको छ ।

यता रमेश अग्रवालले यात्रा डेलीलाई फोन गरि वीरगन्ज महावाणीज्य दुताबास वीरगन्जका सिजीसंग चार चोटी कुरा भईसकेको उनलाई सम्पुर्ण मईले जानकारी गराएको छु अहिले पनि सिजीको सम्र्पकमा छु अहिले पटनाको अपोलो अस्पतालमा घाईतेहरुको उपचार भईरहेको छ दुई दिनमा घाईतेहरु माथी ५ लाख आईसी भन्दा बडी खर्च भईसकेको बताए ।

भारत बिहार राज्य सीतागढी बस्ने वर्ष २२ को कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षीय सन्दीप कुमार र २३ वर्षीय पङ्कज कुमार रहेका छन् । सामान्य घाइते भएका भारत मोतीहारीका ३५ वर्षीय विनायक सिंहको सिमरामा उपचार भइरहेको छ ।

बुधबार बिहान करिब ८ बजेको समयमा भट्टीमा फलाम गलाउने क्रममा पड्किएको थियो ।

उद्योगका मजदुर र प्रहरीले घाइतेलाई उद्धार गरी अस्पताल पु¥याएका थिए । उद्योगका अनुसार भट्टीमा कबाडलगायत अन्य फलाम गलाउने गरिन्छ । भट्टी पड्किएपछि उद्योगको उत्पादनको काम केही समय अवरुद्ध बनेको थियो । अब उद्योग संचालमा छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here