×

वीरगन्ज २३ असोज । महानगरपालिकाको स्वामित्वमा रहेको विपी उधानको जग्गा महानगरपालिका कर्मचारी देखि हाल निवार्चित जनप्रतिनिधीहरु ब्यापारीहरुसंग महिनवारी खाने गरेकोले व्यापारीले विगत आठ वर्षदेखि कब्जा गरी तरकारीको थोक बजार सञ्चालन गर्दै आएको समाचार यात्रा डेलीमा आए पछि तातेको वीरगन्ज महानगरपालिकाले आज महानगरपालिकाको स्वामित्वमा रहेको विपी उधानको जग्गामा रहेको तरकारी बजार महानगरपालिकाको नगर प्रहरी र पर्सा प्रहरी को सहयोगमा डोजर चलाइ सो जग्गा खाली गराएको छ ।

२०६७ सालदेखि सञ्चालनमा ल्याइएका तरकारी थोक बजारमा व्यापारीका करिब दुई सय अस्थायी टहरा र झुप्रा रहेको त्यसबाहेक त्यहाँ करिब एक दर्जनको संख्यामा खाना नास्ताका स–साना होटल र घरेलु रक्सी बेच्ने भट्टी पनि थिए ।

वीरगन्जको मिना बजारमा रहेको मुख्य खुद्रा तरकारी बजार, व्यवस्थित बनाउन सुविधा सम्पन्न तरकारी बजारको व्यापारिक भवन बनाउने क्रममा तत्कालीन उपमहानगरपालिकाले २०६७ सालको पुसमा घण्टाघर छेउको जग्गामा सारेको थियो ।

Back to top