×

वीरगन्ज २३ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएकोप्रति ध्यानाकर्षण भएको फोरम ‘तराई÷मधेस प्रदेश तदर्थ समिति’ले बताएको छ । रौनियार पप्पु कन्स्ट्रक्सनको सञ्चालक नभए पनि उनीविरुद्ध १९ करोड ३२ लाख रुपैयाँ विगो माग गरी विशेष अदालतमा मुद्दा हालिनु अख्तियारको पूर्वाग्रह भएको फोरमले उल्लेख गरेको छ ।

पप्पुले २०६८ सालमा १९ करोड ३२ लाखमा ठेक्का लिएको थियो । अख्तियारले सांसद रौनियार र कम्पनीका अध्यक्ष सुमित रौनियारसित जनही सोही रकमबराबरको विगो माग गरेको छ । सोमा फोरमले आपत्ति जनाएको छ । अख्तियारले मधेसका नेताहरूलाई मात्र लक्षित गरी बदनाम गराउने काम गरेको पार्टीका प्रदेश मुख्यसचिव शम्भु झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Back to top