वीरगन्जको सुरज होटलमा रहेको क्यासिनो ग्राहक फकाउन लागू औषध उपलब्ध गराउँदै

220

Share
  • 96
  •  
  •  
    96
    Shares

वीरगन्ज,२३ असोज । वीरगन्जको सुरज होटलमा सञ्चालित क्यासिनोमा ग्राहक फकाउन लागूऔषध उपलब्ध गराउने गरेको खुलासा भएको छ । होटल सुरजभित्र संचालित रक इन्टरनेशनल प्रा.लि (फर्चुन सिटी) नामक जुवाघरबाट मंगलबार प्रहरीले प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेपछि यस्तो रहस्योद्घाटन भएको हो ।

जुवा खेल्न आएका भारत बिहार पूर्वचम्पारण सिक्टा निवासी राजेन्द्र ठाकुरलाई प्रतिबन्धित चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए । उहाँले क्यासिनोमा जुवा खेल्न आएका ठाकुरसंग चरेश रहेको पूर्वसुचनाको आधारमा कार्यवाही गर्दा उनको झोलाबाट १५ ग्राम चरेश बरामद भएपछि आवस्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।

क्यासिनो संचालकले ग्राहक फकाउन प्रतिबन्धित लागुऔषध उपलब्ध गराउने गरेको सुचना प्राप्त भए पनि घटनास्थलबाट त्यस्तो केही बरामद नभएको नायब उपरिक्षक थापाको भनाइ छ । सरकारले विक्रीवितरण तथा सेवन समेतमा प्रतिबन्ध लगाएको गाँजा, चरेश, खैरो हिरोइनलगायतका लागुऔषध जुवाघर संचालकले जुवाडेलाई उपलब्ध गराउने गरेको श्रोतले बताएको छ ।

जुवाघरहरुबीच ग्राहक तान्ने प्रतिस्पर्धा ठुलो भएकाले क्यासिनो संचालकहरुले ग्राहकलाई आफ्नो जुवा घरतर्फ आक्रर्षित गर्न लागुऔषध उपलब्ध गराउने गरेको श्रोतको दावी रहेको छ । सो क्यासिनोको किशोर सिलवाल रहेको बताइएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here