तराई हस्पीटलले गरे रक्तदान तथा वरिष्ठ चिकित्शकलाई सम्मान

70

Share
  • 11
  •  
  •  
    11
    Shares

वीरगंज २३ असोज । तराई हस्पीटल एण्ड रिसर्च सेन्टर वीरगंजले आफनो प्रथम वार्षीकोत्सव आज विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षीकोत्सवको अवसर पारेर तराई हस्पीटलले रक्तदान एवम वीरगंजमा वर्षौ देखी स्वास्थ्य सेवामा योगदान पुर्याउदै आउनु भएका वरिष्ठ चिकित्शकहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । अस्पताल परिसर मै विहान ७ बजे देखी सुरु भएको रक्तदान कार्यक्रममा महिला सहित ५६ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा वीरगंजमा रही २ दशक देखी वीरगंजको स्वास्थ्य सेवामा अहम योगदान पुर्याउनु हने डां रामअवतार खेतान,डा.सागरमान अमात्य,डा.श्यामसुन्दर दास,डा.गोपाल प्रसाद गजुरेल,डा.जगदीश अग्रवाल,डा.मञ्जुलता अग्रवाल,डा.विर सिंह थापा र डा. विरेन्द्र कुमार झालाई दोसल्ला ओढाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा अस्पतालमा कार्यरत कर्मचारीहरु मध्ये उतकृष्ट कार्य गर्ने एकजना कर्मचारीलाई कदरपत्र सहित सम्मान गरिएको थियो साथै एक वर्ष देखी निरन्तर अस्पतालमा कार्यरत कर्मचारीहरुलाई समेत कदरपत्र सहित सम्मान गरिएको थियो । त्यसैगरी वार्षीकोत्सवको अवसरमा अस्पतालमा उपचारार्थ रहेका विरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो । अस्पतालका संचालक सदानन्द कुर्मी र रामाश्रय प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा.रोशन कुर्मीले अस्पतालको अवस्था र भावी रणनितीका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको संचालन विपिन चौरसीयाले गर्नु भएको थियो भने स्वागत मन्तव्य अजय गुप्ताले गर्नु भएको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here