×

वीरगन्ज २३ असोज । आज बिहान एक विज्ञप्ति जारी गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले सोमबार साँझ भएको दुखद घटनाले आफु स्तब्ध भएको बताउनु भएको छ ।

वीरगन्जको लालबंगला परिसरमा ह्युम पाइप राख्ने कालिका कन्ट्रक्सन र वीरगन्ज महानगर पालिकाकाकै लापरवाहीका कारण दुखद घटना भएकाले यस्को सम्पूर्ण जिम्मेवारी कालिका र वीरगन्ज महानगर पालिकाकानै लिनु पर्ने पनि उहाले बताउनु भएको छ ।

त्यहा लापरवाहीपुर्वक ह्युम पाइप थुपारेर राख्ने कालिका र राखन दिने वीरगन्ज महानगर पालिकाका ह्युम पाइप राख्न लगाउने दुवै पक्षलाइ कार्वाही गर्न पनि सांसद यादवले स्थानीय प्रशासनलाइ निर्देशन दिनुका साथै सरकारसंग माग पनि गर्नु भएको छ ।

अहिले पनि वीरगन्जको लालबंगला परिसरमा हजारौ ह्युम पाइप राखिएको छ र सो स्थिानमा दशैको मेला निम्ति झुला र अन्य मेलामा कमाउने उदेश्यले मनोरन्जातमक प्रदशनी राखिएकोले फेरी यस्तै घटना दोहरिने सम्भावना रहेको देखदा पनि प्रहरी प्रशासन र वीरगन्ज महानगर पालिकाका मौन बसेको देख्दा नगरबासी आश्र्चज मानेका छन ।

यता खाईते भएका संग पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले वीरगन्जको लालबंगला परिसरमा सोमबार साँझ ह्युमपाइपले च्यापिएर घाइते भएका बालिकाहरुको उपचार खर्चका लागि आर्थिक सहयोग गर्नु भएको छ । काठमाण्डौको बिएण्डबी अस्पतालमा उपचार गराइ रहेका पर्साको जीराभवानी गाउपालिका वडा नम्बर १ स्थायी घर भइ हाल वीरगन्ज ९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीकी छोरीहरु १० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीलाइ आज बिहान अस्पतालमै पुगेर सांसद यादवले जनही २५÷२५ हजार रुपैया नगद सहयोग गर्नु भएको हो । यादवले उक्त रकम , बालिकाद्वयका बुबा गोविन्द चौधरीलाइ प्रदान गर्नु भएको हो । त्यही घटनामा घाइते भइ वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराइ रहेकी वीरगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षकी आयुषा यादवलाइ पनि २५ हजार रुपैया आजै प्रदान गरिने काठमाण्डौमा रहेका सांसद यादवले बताउनु भयो । यसैगरि सोमबार साँझको घटनामा परि ज्यान गुमाएका रानीघाटका बालमुकुन्द राउत चौधरीका आठ वर्षिय छोरा रोहीत चौधरीको परिवारलाइ भने आफु वीरगन्ज आए लगत्तै ५० हजार रुपैया प्रदान गर्ने सांसद यादवले बताउनु भयो ।

Back to top