वीरगन्ज १९ असाेज । लेखा प्रणाली व्यवस्थित गर्न अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर नेपाली बजारमा आएको छ। भारतीय कम्पनी कम्पुसफ्टद्वारा निर्मित अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर नेपाली बजारमा अाएकाे असाेज नेपाली कम्पनीहरु तपेश्वरी टेक सोलुसन प्रालि र नेपाल इ आर पी इन्टरप्राइजेज विरगंजले भारतीय कम्पनी कम्पुसफ्टले बनाएकाे मार्ग एकाउन्टिङ सफ्टवेयर शुक्रबारदेखि नेपाली प्रयोगकर्ताहरुका माझमा ल्याएका हुन्। यो सफ्टवेयरका अन्तर्राष्ट्रिय बजारमा ९० लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन्। साथै यसका ८ सय भन्दा बढी विक्रि केन्द्र रहेको नेपाल इआरपी इन्टरप्राइजेज विरगञ्जका अध्यक्ष संजिव गुप्ताले जनकारी दिए। यो सफ्टवेयरले गहना खरिद विक्रिको व्यवस्थापन, लेखा प्रणालीको व्यवस्थापन, धितो कारोबारको व्यवस्थापन, बार कोर्डको विलिङ गर्न सकिने तथा डिजिटल वारेन्टीका साथ डिजिटल ग्राहक कार्ड प्रयोग गर्न सकिने छ।