×

वीरगंज, आश्विन १९ - पर्सागढि नगरपालिका वडा नं. ३ बड्निहारमा निर्माणधीन मनपसन्द वेभरेज नेपाल प्रालिमा आजगनी गरेको आरोपमा स्थानीय प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

पर्सागढि नगरपालिका वडा नं. ३ निवासी ६० वर्षीय श्री चौधरी र ५५ वर्षीय भुलई चौधरीलाई प्रहरीले आगजनी गरेको आशंकामा पक्राउ गरेको हो । चौधरीद्वयले जुस उत्पादनका लागि निर्मंधीन मनपसन्द वेभरेजका व्यवस्थापन संग पैसा माग गरेको र व्यवस्थापन पक्षले दिन इन्कार गरे पछी ऋषमा आएर उद्योग निर्माणका लागि बनाई राखिएका ठुला फुसको छाप्रोमा आगजनी गरेका थिए ।

उद्योगले आगजनी गर्न कार्यमा संलग्न चौधरीद्वयलाई प्रहरीमा उजुरी गरी प्रक्राउ गराएका हुन् । वेभरेज संचालक अनिलकुमार व्याहुतले आगजनीबाट करिव ९ लाख बराबरको क्षति भएको बताएका छन्। फूसको छाप्रोमा रहेको निर्माण सामग्री विधुत् सामग्री, सिमेन्ट, बोरा, कपडा, ओछयान र नगद जलेर नष्ट भएको बताएका छन् ।

Back to top