×

दिपक चौरसिया,वीरगन्ज १९ असोज । पर्साको बिभिन्न नाकाहरुबाट करोडौको राजस्वको चोरी सशस्त्र प्रहरीहरुकै सहभागितामा भइरहेको प्रष्ट भएको छ । सिमाना लगायत आम सर्वसधारणको जनधनको सुरक्षाको निम्ति खटाईएको नेपाल सशस्त्र प्रहरीहरुकै सहभागितामा दिनहु करोडौको राजस्व चोरी भएको सशस्त्र प्रहरी प्रमुखहरुकै मुख्खबाट सुनिदा आश्चर्य लागेर आउछ ।

सिमा सुरक्षा कार्यालय पर्सामा सशस्त्र प्रहरी उपरिक्षक प्रेम कुमार खत्ररीको आगमन संगै स्थानिय तथा राष्ट्रिय स्तरका पत्रकार साथिहरु संग भेटघाट गरदै आफु हुनजेल पर्साबाट केही चल्न नदिने प्रचार प्रसार गराएपनि हालको समयमा ठिक उल्टो हुन पुगेको छ । आफुहरु इमन्दार रहेको ढिंडौरा पिटदै हिडने सशस्त्र प्रहरी प्रमुख सब भन्दा ठूलो भ्रष्टाचारी रहेको प्रमाण फेला परेको छ । उनकै मातहतमा रहेका सशस्त्र प्रहरी जवान उनको आदेशमो खुल्ला रुपमा पैसा असुली गरेको देखिन्छ ।

सूचना आदान प्रदान गर्न र तपाईहरुको सूचना अनुसार आफु कारवाही अगाडी बढाउने आश्वासन दिने सशस्त्र प्रहरी प्रमुखहरु ठूलै रकमको लोभमा रातिको समयमा अन्धो र बहिरो हुने गरेको पाइएको छ ।

हिन्दुहरुको महान पर्व बडा दशैं र तिहार नजिकिंदै गर्दा अहिले मध्य रातमा पर्साको पनि सम्पूर्ण नाका सशस्त्र प्रहरीले अहिले तस्करहरुको लागि खुल्ला गरिएको छ । हरेन्द्र पटेल, मकबुल मियाँ, छोटेलाल साह, नुरायल, मुन्ना, जटाधारी, राजेश, हरदेव यादव, भिखारीले रक्सौलबाट कपडा, मसला, इलेक्ट्रोनिक्स आइटम, चिनी पटाका, आदी समान वीरगंजमा भित्र्याइरहेका छन् । यहाँबाट रुन्चे मदनले माँ शक्ति ट्रान्सपोर्टबाट काठमाण्डौं पठाउने गरेका छन् ।

ग्रामिण भेग तथा वीरगंज भन्सार वरिपरीबाट दिनहु करोडौको मालसमान अवैध तरिकाले आयात तथा निर्यातको कार्य जोडतोडले भइरहेपनि सशस्त्र प्रहरी प्रमुख मौन बस्नु नै आर्थिक चलखेलमा संलग्न रहेको प्रष्ट हुन्छ ।

एक जना सर्वसधारणका भनाई अनुसार नेपालकै आर्थिक राजधानिको रुपमा हालसम्म मानिने वीरगंज भन्सार, सशस्त्र प्रहरी प्रमुखहरुकै कारण खोख्ला हुदै गएको बताएका छन् । आर्थिक राजधानिको रुपमा मानिने वीरगंज भन्सार अगामी दिनको तुलनामा खोख्ला हुदै गएकोमा सशस्त्र प्रहरी प्रमुखहरुको ठूलै योगदान रहेको बताएका छन् ।

सर्वसधारण श्रोतको भनाई र स्थलगत समाचार संकलन अनुसार पर्साको प्राय सबै जसो नाकाहरुबाट सशस्त्र प्रहरी प्रमुखहरुलाई महिनवारी वापत करिब २५ देखी ३० लाखसम्म आउने गरेको अनुमान समेत लगाए । अनुमान लगाउन भन्दा पनि अझ प्रष्ट हुन वीरगंज भन्सार कार्यालयको पश्चिम पटी रहेको श्रीसिया छोटी भन्सार हुदै तस्करी भइरहेको सूचना सशस्त्र प्रहरी प्रमुखलाई दिएपनि मौन बस्नुले प्रष्ट हुन पुग्यो ।

श्रीसिया छोटी भन्सार हुदै दिनहु १५ देखी २० वटा ठेल्ला गाडाको माध्यमले रातीको समय भारतबाट नेपाल तथा नेपालबाट भारत अवैध समाग्रीहरुको आयात निर्यात बढेपनि मोटो रकमको नजराना बुझि सशस्त्र प्रहरी प्रमुखहरु मौन बसेको पाइएको छ । पटक—पटक भइरहेको अवैध कार्यहरुको बिषयमा सशस्त्र प्रहरी प्रमुखलाई खबर गरेपनि रकममा लिप्त सशस्त्र प्रहरी प्रमुखहरु रातिको समयमा अन्धो र बहिरो हुने गरेको पाइयो । पर्सामा सबभन्दा ठूलो भ्रष्टाचारी सशस्त्र प्रहरी उपरिक्षक प्रेम कुमार अत्ररी रहेको बारे सर्वसधारणले दिएको अभिव्यक्ति गलत नरहेको बुझियो ।

यता सशस्त्र प्रहरी उपरिक्षक प्रेम कुमार खत्ररीले रातीको समय तस्करीको लाईन खोले पनि जिल्ला प्रहरी कार्यालयका पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल तस्करी रोकन तिर लागी परेका छन सो अनुरुप केहि दिन अगाडी बीरगन्ज महानगरपालीका वडा नम्बर १ छपकैया निवासी राजेश साह तेली र उमरावती देवीको घरमा छापामारी १३ लाख मुल्य बराबरको कपडा बरामद गरिएको थियो ।

विहान ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटेको क्राईम ब्रान्चको टोलीले घरमा भण्डारण गरि राखिएको अवस्थामा सट्रिङ्ग , सुटिङ्ग , साडी ,सलवार सुट लगायतका कपडा बरामद गरी भन्सार पठाएका थिए ।

Back to top