नेपाल चामल तेल, दाल उधोगकोे ४२ औं बार्षिक साधारणसभावाट सुबोध कुमार गुप्ता अध्यक्षमा निर्वाचित

76

Share
  • 58
  •  
  •  
    58
    Shares

वीरगन्ज १९ असोज । नेपाल चामल तेल, दाल उधोगको अधिवेशन सहितको ४२ औं बार्षिक साधारण सभा आज काठमाण्डौमा सम्पन भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध कुमार गुप्ताज्यू नेपाल चामल, तेल, दाल सङ्घ, काठमाण्डौंको ४२ औं वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा निर्वाचित भएका छन ।
नेपाल चामल तेल, दाल उधोगकोे ४२ औं बार्षिक साधारण सभाले गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिती चैन गरिएको कार्यसाितीमा सन्दिप कुमार अग्रवाल प्रथम उपाध्यक्ष, राम थापा द्धितिय उपाध्यक्ष,नरेश राठी महासचिव,दिपक कुमार पौडेल उप महासचिव,धिरज गोल्छा कोषाध्यक्ष,रतन लाल केडिया,जगदिश अग्रवाल,मुक्ति अग्रवाल,दिपक सापकोटा,चीरन्जीवी रिजाल,सुसान्त कुमार बोहरा सदस्यमा निर्वाचित भएका छन ।
नेपाल चामल तेल, दाल उधोगको अधिवेशन सभाले तपसिलका केहि निर्णयहरु समेत गरेको छ जस मध्य विदेशबाट आयातित चामल लगाएतका खाध बस्तुको एम आर पी र गुणस्तर जाच गर्ने प्रकृया कायम हुनु पर्ने,धान आयात गर्दा कृषि सुधार शुल्कमा छुट गरी १ प्रतिशत कायम हुनु पर्ने,स्वदेशी चामल उधोग बचाउको लागी चामलमा लाग्दै आएको कृषि सुधार शुल्क १५ प्रतिशत कायम हुनु पर्ने, धान चामल बोर्ड गठन हुनु पर्ने,पिनामा लाग्दै आएको निर्यात शुल्क हटाईनु पर्ने,स्वादेशी तेलको उतपादन बृद्धी गरी आयातमा कमी ल्याउनको लागि आधुनिक उधोगको बिकाश गर्नु पर्ने । साथै तोरी खेतीको लागि किसानलाई प्रोत्साहित गर्ने खालको योजना सरकारले ल्याउनु पर्ने,तोरी तेल लगायतका दाध बस्तुको वजन (Weight) निर्धारण गर्दा प्याकिङ्ग मेटेरियल समेत (Standard Weight) कायम गर्नु पर्ने, गेडागुडी वा कच्चा दाल अयात गर्दा दुई तहको फरक हुनु पर्ने,मुसुरो दालमा लाग्दै आएको निकासी शुद्यक खारेजी हुनु पर्ने लगायतको माग सहितको महा सचिव दिपक कुमार पौडेल विज्ञप्ती जारी गरेका छन ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here