महानगरपालिका जनप्रतिनिधी देखि कर्मचारीसम्मले खान्छन महिनवारी

72

Share
  • 25
  •  
  •  
    25
    Shares

वीरगन्ज १८ असोज । महानगरपालिकाको स्वामित्वमा रहेको विपी उधानको जग्गा महानगरपालिका कर्मचारी देखि हाल निवार्चित जनप्रतिनिधीहरु ब्यापारीहरुसंग महिनवारी खाने गरेकोले व्यापारीले विगत आठ वर्षदेखि कब्जा गरी तरकारीको थोक बजार सञ्चालन गर्दै आएका छन् ।
२०६७ सालदेखि सञ्चालनमा ल्याइएका तरकारी थोक बजारमा व्यापारीका करिब दुई सय अस्थायी टहरा र झुप्रा छन् । त्यसबाहेक त्यहाँ करिब एक दर्जनको संख्यामा खाना नास्ताका स–साना होटल र घरेलु रक्सी बेच्ने भट्टी पनि छन् ।
यता तरकारी पसल संचालन गर्दै आएका विनोद तुराहाले भने १ हजार देखि २५ सय सम्म प्रतेक पसलेहरु महानगरपालिका कर्मचारीलाई महिनवारी दिने गरेका छौ पैसाहरुको भाग भण्डा महानगरपालिका कर्मचारी देखि हाल निवार्चित जनप्रतिनिधीहरु आपसमा बाडने गर्छन ।
वीरगन्जको मिना बजारमा रहेको मुख्य खुद्रा तरकारी बजार, व्यवस्थित बनाउन सुविधा सम्पन्न तरकारी बजारको व्यापारिक भवन बनाउने क्रममा तत्कालीन उपमहानगरपालिकाले २०६७ सालको पुसमा घण्टाघर छेउको जग्गामा सारेको थियो ।
त्यसबेला तत्कालीन उपमहानगरपालिकाले खुद्रा तरकारी बजारलाई मात्र घण्टाघर छेउको जग्गामा सारेको थियो । महानगरपालिका कर्मचारी देखि हाल निवार्चित जनप्रतिनिधीहरु ब्यापारीहरुसंग महिनवारी रकम लिएको कारण पनि नगरपालिकाको अनुमति बेगर नै उक्त जग्गामा कब्जा गरेर टहरा र झुप्रा बनाएर थोक बजार सञ्चालन गर्दै आएका छन ।
महानगरपालिकाले श्री रामहल पछाडी विकल्प दिएको जग्गा उपलब्ध गराइ भौतिक संरचना बनाइ दिएको खण्डमा थोक तरकारी बजार सार्न व्यापारी तयार रहेको बिदुरु गुप्ताले बताए । तर वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.भीष्मकुमार भुषालले भने अहिले पार्क बनाउने तयारी गरिएको घण्टाघर छेउको महानगरको जग्गामा व्यापारीले जबरजस्ति कब्जा गरेर अनाधिकृत रूपमा तरकारीको थोक बजार लगाएकोे बताए ।
वीरगन्जको घण्टाघर चोक छेउको १० बिघा जग्गामा महानगरपालिकाले एक सय २५ करोड रुपैयाँमा सुविधा सम्पन्न पार्क र अन्तर्रा्ष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here