मधेस प्रति सरकारको नियत ठिक छैन ,नेत्री रेणु यादव

232

Share
  • 865
  •  
  •  
    865
    Shares

वीरगन्ज१७ असोज । संघीय समाजवादी फोरम नेपालको वरिष्ट उपाध्यक्ष रेणु यादवले मधेस प्रति सरकारको धारणामा खासै परिवर्तन नभएको आरोप लगाउनु भएको छ ।सघीय समाजबादी फोरम नेपालको भातृ संगठन समाजबादी बिद्यार्थी फोरम नेपाल प्रदेश नम्बर२ को प्रथम अधिवेशनको उदघाटन गर्दै नेत्री यादवले यस्तो आरोप लगाउनु भएको हो ।उहाले प्रधानमन्त्री केपीओलीले संघीय समाजवादी फोरमसंग गरेको समझौताप्रति इमान्दार नभएको आरोप लगाउदै सरकार,सडक र संसदमा सविधान सशोधननै आफुहरुको प्रथम लक्ष्य भएको स्पष्ट पार्नभयो ।नेत्री यादवले मधेस र देशको भबिष्य युवा र बिद्यार्थीहरुको हाथमा भएकोले समाजबादी बिद्यार्थी फोरमलाई अझ सशक्त बनाएर अगाड बढन आहवान गर्नुभयो । कार्यक्रममा बोल्दै पार्टीका जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यावदले मधेसका हजारौ युवाहरु नगरिकता विहिन भएको प्रति सरकारको पुन ध्यानाकर्षण गराउदै अबिलम्ब नागरिकता विधेकलाई संसदबाट पास गराउन मागं समेत गर्नु भयो उहाले संविधान सशोधन नभए सरकारको गर्न आफुहरु पछि नहने बताउदै मधेससंग सरकारले गरेको बच्चालाई अबिलम्ब पुरा गर्न मागं समेत गर्नुभयो ।वीरगन्ज नगर सभा गृहमा समाजवादी विधार्थी फोरम नेपाल प्रदेश न.२ का तदर्थ समिति का अध्यक्ष दिपेश यादवको अध्यक्षता र प्रदेश न.२ की अध्यक्ष माननीय रेणु यादवको प्रमुख आतिथ्यमा सम्मपन्न भएकोकार्यक्रममा विशिष्ट अतिथी समाजवादी विधार्थी फोरम नेपाल का प्रदेश न. २ का ईन्चार्ज कृष्णा साह , विशिष्ट अतिथी सांसद हरि नारायण रौनियार अतिथी प्रदेश सभा सदस्य प्रहलाद गिरी जन्नत अंसारी, करीमा बेगम , संजय यादव ,जिल्ला समन्वय समिति का अध्यक्ष नेक महमद अंसारी संघीय समाजवादी फोरम नेपाल का केन्द्रीय सदस्य अशोक यादव बिरगंज महानगरका प्रमुख विजय सरावगी, जिल्ला उपाध्यक्ष सुन्दर प्रसाद कुर्मी जिल्ला प्रवक्ता राम नरेश यादव जिल्ला सह सचिव मुकेश द्विवेदी जिल्ला सदस्य तवरेज अहमद विधार्थी फोरम नेपाल का केन्द्रीय सचिवालय सदस्य निखिल बरनवाल , सुजित गिरी पर्सा का अध्यक्ष एजाजÞ बाबु रांकी, सिरहा अध्यक्ष विजय महतो लगायत अधिवेशन सफलताको कामना गर्नुभएको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here