अन्तर्रा्ष्ट्रिय क्षेत्रमा नेपालको छवि ‘मागेर खाने भन्दा माथि छैन : यादव

55

Share
  • 20
  •  
  •  
    20
    Shares

वीरगन्ज १७ असोज । नेपाल सरकारका उपप्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भने ‘अहिले देशको अवस्था अन्तर्रा्ष्ट्रिय मञ्चमा कहिले गरिबीको नाममा, कहिले भोकमरीको नाममा त कहिले अशिक्षाको नाममा बटुको लिएर माग्नेको भन्दा बढी छैन’,
समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघले जनकपुरमा गरेको प्रदेश–२ स्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष रहेका यादवले जबसम्म देश मागेर चल्छ तबसम्म समाजवादको सिद्धान्त लागू हुन नसक्ने तर्क गरे ।
‘देशका कम्युनिस्ट नाम मात्रका छन् । सबै धनाढ्य, सबै भ्रष्टाचारी छन, यादवले भने, ‘कम्युनिस्ट र कांग्रेसमा खासै भिन्नता छैन । मात्र एउटा भिन्नता छ दुवैको पार्टीको घोषणापत्रको माथिल्लो खोल फरक छ ।’
विभिन्न आन्दोलन पश्चात देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै यसलाई संस्थागत गर्नु अहिलको सबैभन्दा ठूलो चुनौतीको भएको उनको भनाइ छ ।
‘यदि हामीले प्राप्त उपलब्धिलाई छाड्यौंँ भने गुम्न खतरा छ । देशका ठूला शक्ति र केही अन्तर्रा्ष्ट्रिय शक्ति पनि संघीयतालाई समाप्त गर्ने खेलमा लागेकाले सचेत हुनु आवश्यक छ’, यादवले भने ।
संविधानले सबै नागरिकलाई समान अधिकार दिएपनि अवसरमा समानता नभएकै कारण मधेसमा अधिकारको लडाईं भइरहेको भनाइ उनको छ ।
कार्यक्रममा नेकपा तथा अन्य विभिन्न मजदुर संगठनका कार्यकर्तालाई अध्यक्ष यादवले समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघमा प्रवेश गराएका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here