×

वीरगन्ज १७ असोज । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न सक्ने फेरी दोह¥याएका छन् । सिरहाबाट राजविराज पुगेका महतोले बुधबार पत्रकारसँग कुराकानी गर्दै यस्तो वताउनु भयो । मधेश आन्दोलन उठाएको मागहरुको सम्वोधन हुने गरी संविधान संशोधन गर्नु वताए । अगामी सोमवार पार्टीले प्रत्येक जिल्ला प्रशासन कार्यालय र सीधै प्रधानमन्त्री कार्यालयमा सरकारलाई यस सम्बन्धमा ज्ञापनपत्र महतोले वताए । उनले संविधान संशोधन, सांसद रेशम चौधरीको शपथ, ‘झुटा मुद्दा लगाएर जेलमा राखिएका’ आन्दोलनकारीको मुद्दा फिर्तालगायत विषयमा सरकार जिम्मेवार हुनुपर्ने तथा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारी, कालोबजारी र महँगी नियन्त्रणमा लाग्नुपर्ने बताए ।‘प्रदेश नम्बर २ सरकारको गतिविधि सन्तोषजनक नभए पनि’ आन्दोलन र जनताको भावनाको सम्मान गर्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउँदै महतोले कमजोरी हटाई सङ्घीय समाजवादी फोरम नेपाल र राजपाको गठबन्धन बलियो बनाउन आफुहरु काम गरी रहेको नेता महतो वताउँनु भयो ।

Back to top