संघीयता समस्यामा पार्ने सङ्ग लडन तयार छौ – मन्त्री जितन्द्र सोनल

62

Share
  • 64
  •  
  •  
    64
    Shares

वीरगन्ज १५ असाेज ।  प्रदेश सरकार प्रदेश नम्बर २ को भौतिक पुर्बाधार बिकाश मन्त्रालय मातहतको जलस्रोत तथा सिचाइ बिकाश डिभिजन कार्यालय धनुषा को उद्घाटन कार्यक्रम समपन्न भएको छ ।कार्यालय को उद्घाटन कार्यक्रमको प्रमुख अतिथी प्रदेश नम्बर २ को मुख्य मन्त्री मा. लालबाबु राउत गद्दि तथा बिशिस्ट अतिथी भौतीक पुर्बाधार बिकश मन्त्री मा. जितन्द्र सोनल ले गर्नु भएको छ । उदघाटन कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी गद्दी ले संघीय सरकार ले असहयोग गरेको आरोप लगाउनु भएको छ । सरकार ले आफ्नो रवैया ले देश असफल हुने बताउनु भएको छ । कारयक्रम मा बिशिस्ट अतिथी भौतिक पुर्बाधार मन्त्री मा. जितेन्द्र सोनलले संघीय सरकारको कारण ६ महिना पहिल हुने काम आज भइरहेको छ । संघीय सरकारले योजना बनाएर संघीयता लाइ समस्यामा पार्न खोजेको ले संघीयता जोगाउन जुनसुकै पनि मोल चुकाउन आफुहरु तयार रहेको मन्त्री सोनलले आज को कार्यक्रममा भन्नू भएको छ । मन्त्री सोनलले संघीयता लाई समस्यामा पार्ने सङ्ग लडन हामी तयार छौ । संघीयता कसैले दान उपदानमा वा कसैको दायामायाले पाएको होइन, दर्जनौं मधेशी युवा को रगत र्हाम्रा पुर्बज को मिहनत र परिश्रम बाट प्राप्त संघीयतालाई हामी कसैको स्वार्थ पुर्ती को लागि खेर जान दिन्नौ मन्त्री सनल ले भन्नू भएको छ । कार्यक्रममा राज्य मन्त्री डिम्पल झाले उपलब्धि लाई जोगाउनु पर्ने भन्नू भएको छ । जलस्रोत तथा सिचाइ डिभिजन कार्यालय धनुषाको प्रमुख भगवान झा को अध्यक्षतामा समपन्न भेएको कार्यक्रममा प्रदेश सान्सद मा. प्रमेशवर साह , मा. चमेली दास , प्रदेश नम्बर २ को निमित्त सचिव हरि फुइयाल ,जनकपुर उपमहानगर पालिकाको उपप्रमुख रिता झा , नेकपा , नेका , राजपा नेपाल , ससफो नेपाल जिल्ला अध्यक्ष तथा प्रतिनिधि को उपस्थिति रहेको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here