मधेश समृघ नभएसम्म नेपाल समृघ हुदैन – सांसद प्रदीप यादव

61

Share
  • 167
  •  
  •  
    167
    Shares

वीरगन्ज १३ असाेज । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवले सविधान संशोधनको लागीनै पार्टी सरकारमा सहभागी भएको बताउदै उहाले सविधान संशोधन नभएसम्म मुलुकमा स्थायी शान्ति नआउने दावी गर्नुभएको छ ।पार्टीको भातृृ संगठन समाजबादी विद्यार्थी फोरम नेपाल ,पर्सा जिल्ला अधिबेशनको उदघाटन गर्दै नेता नेताले यस्तो दावी गनुभएको हो । उहाले मधेसी,मुस्लीम र पहाडका जनजाती लगायत मुलुकाका आधाभन्दा वढि जनतालाई माखा लगाएर समृधीको कुरा गर्नु वालुवामा पानि पटाउनु जस्तै भएको बताउनु भयो ।नेता यादवले सविधान संशोघन पछि मात्रै मधेस वा पुरै देशको समृधिका कुरा उचित हुने बताउनु भयो ।मधेसको मागंलाई वेवास्ता गरेसम्म मुलुममा राजनैतिक अन्यौलता रहिरहने बताउदै अबिलम्ब सविधान संशोधन तर्फ सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।शनिबार वीरगन्जको राणिसती धर्मशाला सम्पन्न भएको कार्यक्रममा अधिवेशन सफलताको शुभकामना दिदै नेता यादवले सहभागी सबै बिद्यार्थीहरुलाइ धन्यवाद दिनु भएको थियो ।उहाले देशका भबिष्य बिधार्थीहरु भएको र सबै आन्दोलन जस्तै मधेस आन्दोलनहरुमा पनि बिद्यार्थीहरुको भुमिका र लगानीलाई पार्टिले कुनैपनि हालतमा बिर्सन नसकने बताउनु भयो । समाजबादी विद्यार्थी फोरम पर्सा जिल्ला तदर्थ समितिका अध्यक्ष एजाजÞ बाबु रांकिको अध्यक्षतामा सम्पन्न भएको कार्यत्रममा विशिष्ट अतिथी समाजवादी विधार्थी फोरमका प्रदेश न.२ का ईन्चार्ज एंवम संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य कन्हैया साह, संघीय समाजवादी फोरम नेपाल पर्साका ईन्चार्ज बिरेन्द्र यादव, फोरम नेपाल पर्सा का जिल्ला उपाध्यक्ष सुन्दर प्रसाद कुर्मी जिल्ला सह सचिव मुकेश द्विवेदी, जिल्ला सदस्य तवरेज अहमद, नगर अध्यक्ष ईश्वर यादव नगर कोषाध्यक्ष सज्जन अग्रवाल, समाजवादी विधार्थी फोरमका केन्द्रीय सचिवालय सदस्य निखिल बरनवाल , केन्द्रिय सदस्य सुजित गिरी ,प्रदेश न.२ का अध्यक्ष दिपेश यादव ,सिरहा जिल्ला अध्यक्ष विजय महतो लगायत नेताहरुले अधिवेश सफलताको शुभकाना मन्तब्य दिदै संगठनलाई अझसशक्त बनाउन विद्यार्थी नेताहरुलाई निर्देशन समेत दिनुभएको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here