×

वीरगन्ज, १२ असोज । बारा सिम्रौनगढ नगरपालिकाका मेयर विजयशंकर यादव भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्छन्। उनी काठमाडौं आउँदासमेत बिआरओएसएस ३१५ नम्बरको गाडी चढ्छन्। स्रोतका अनुसार मेयर यादवसँग एउटा नेपाली नम्बर प्लेट र अर्को भारतीय नम्बर प्लेटको गाडी छ । तर उनले धेरैजसो भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्छन्।

आफूले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्ने उनले स्विकारे। कानुनसम्मत रूपमा सबै प्रक्रिया पु¥याएर भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘सबै प्रक्रिया पूरा गरेर भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्छु । सोही गाडीमा चढेर काठमाडौं पनि जान्छु।’

Back to top