मेयर सरावगीको एक बर्षमै मेरो कसम फ्लँप

124

Share
  • 61
  •  
  •  
    61
    Shares

वीरगंज १२ असोज । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले एक बर्षमा आफुले चाहे जस्तो काम गर्न नसकेको स्विकार गर्दै अगामी दिनमा आफ्नो कार्यकौशलतालाई सुधार गर्दै जाने वताउनु भएको छ । वीरगंज महानगरपालिकाले एक बर्ष भित्र सम्पादन गरेको कार्यहरुको वारेमा जानकारी गराउनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा मेयर सरावगीले विभिन्न वाधा व्यवधान तथा कानुनहरुको अभाव कारण आफुले काम गर्न नसकेको वताउनु भयो ।
जनतालाई आकर्शक नाराहरु दिएर चुनाव जितेका मेयर विजय सरावगीको पहिलो बर्षको कार्य ओजना वनाउन,कर्मचारी भर्ति गर्न तथा छलफल सिमेनारमै वितेको देखाएको छ । जनतालाई अनुभुति हुने खालको खासै कार्यक्रमहरु नआएको देखिएको छ । पत्रकार सम्मेलनलाई सम्वोधन गर्ने क्रममा मेयर सरावगीले आफ्नो अधिकांश समय भई रहेको छ,हुने छ,डिपिआर तयार हुदैछ,अगामी दिन गर्दै जानु छु जस्ता शब्दहरु प्रयोग गर्नैमा वितेको थियो ।

उनले भाषणको क्रममा कर्मचारीहरु कारण तथा आफ्नै पार्टीका कारण पनि आफुले कार्य सम्पादन गर्न नसकेको वताए ।
चुनावका वेला जनतालाई विकासका सपना वाडने मेयर सरावगी पहिलो वर्षमा जनताको विकास प्रतिको प्रतिबधतामा खरो उत्रिन सकेन । उनले पहिला देखि नै संचालनमा रहेको ओजनाहरुलाई पनि आफुले गरेको दावी गरे पनि पहिलो बर्षमा खासै काम नभएको देखिएको छ । चुनावका वेला मेरो कसम घोषणा पत्र जारी गरेका सरावगी वाचा अनुसार काम गर्न भने सकेन ।   एक बषमै मेरो कसम फ्लँप भएको छ ।

वीरगंजको होटल पुजनमा आयोजित पत्रकार सम्मेलन मेयर सरावगीले आफु आफै पनि आफ्नो कामवाट सन्तुष्ट नभएको वताए । एक बर्षमा कार्यालयलाई सुधार गर्न तथा कानुन वनाउमै विताएको मेयर सरावगीले वताए । उनले पत्रकारहरुको प्रश्नको जवाफ दिदै ५ बर्षमा आफुले जनतालाई गरेको सवै कामहरु पुरा गरेर देखाउने प्रतिवधता दोह¥याए । पछिल्लो समय राजिनामा लगायतको विवादमा तानिएको मेयर सरावगीले काम भन्दा वढी कुरा गर्नमै व्यवस्थ रहने गरेका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here