×

वीरगन्ज १२ असोज । वीरगन्जको रानीघाटमा एउटा सानो घरमा बसेर जगाका दलाली र खरिद बिक्री गरि अथाहा पैसा कमाएर पैसाको बलमा नेपाली काग्रेसमा छिरेर पर्साको बहुदरामाई नगरपालिकाका नगर प्रमुख बन्न सफल भएका नितेन्द्र साह अब पैसा कमाउन पर्साको बहुदरामाई नगरपालिकाकामा भ्रष्टाचार गर्न थालेको पोल खुलेको छ ।

पर्साको बहुदरामाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साहले एकलौटी बजेट निकासा गरि भ्रष्टाचार गरेको एक वडाध्यक्षले आरोप लगाएका छन । वडा नम्बर दुईका वडाध्यक्ष जितेन्द्र पटेलले वीरगजमा पत्रकार सम्मेलन गरेर नगर प्रमुख साहले बहुमतको आडमा आफुहरुलाई जानकारी नै नदिई मनोमानी बजेट संचालन गरेर रकम हिनामिना गरेको आरोप लगाएका छन ।

वडाध्यक्ष पटेलले नगर बोर्ड बैठकमा आफुहरु आर्थिक बर्ष २०७४ ÷०७५ को आयव्यय माँग गर्दा आफु विरुध नै षडयन्त्र गरि पत्रकार सम्मेलन गराएर आफुलाई बदनाम गराउन लागेको दाबी गरे । उनले बहुदरामाई नगरपालिकामा हालसम्म गत आर्थिक बर्षको आयव्यय सार्वजनिक नगरेको र पटक पटक सार्वजनिक गर्न मांग गर्दा नगर प्रमुख साहले बहुमतको बलमा भ्रष्टाचारलाई ढाकछोप गर्दै आएको पटेलले आरोप लगाए ।

७ दिनमा एक पटक नगरपालिकामा आउने मेयर नितेन्द्र साहको महिनामा १ लाखको तेल र ९० हजार गाडी भाडामा खर्च हुने गरेको वडाध्यक्ष पटेलको आरोप छ । नगर प्रमुख साहले कमिसनको भरमा मनपरि ठेक्का दिएर नगरपालिकामा कमसल काम गराएको तथा लक्षित बर्गको रकममा व्यापक हिनामिना गरेको आरोप छ ।

नगर प्रमुख नितेन्द्र साहले गोप्य रुपमा सुचना गरि भाई सुनिल साहलाई नै बहुक्षेत्रीय पोषण योजनाको स्वयम सेवकमा नियुक्त गरेको आरोप वडाध्यक्ष पटेलको छ । । गतवर्षको आयव्यय सार्वजनिक नगरे सम्म यस वर्षको परिषद हुन नदिने र भएको अनियमित्ताका विरुद्ध गाउ–गाउमा बजेटबारे पर्दाफास कार्यक्रम चलाएर आम जनतालाई यसबारे जानकारी गराउने उनले बताए ।

Back to top