कम्युनिष्टहरुबाट मुलुकमा समृद्धी आउन सक्दैन : वरिष्ठ नेता पौडेल 

31

Share
  • 11
  •  
  •  
    11
    Shares

वीरगन्ज, १२ असोज । नेपाल काग्रेस पार्टीले आज देखी वीरगन्जमा प्रदेश स्तरिय विधान संशोधन सुझाव सङकलन सुरु गरेको छ । प्रदेश नं. २को एक मात्र वीरगन्ज महानगरपालिकाको नगर सभागृहमा सुझाव सङ्कलन सुरु गरेको हो ।

आज देखी सुर भएको दुई दिने सुझाव सङ्कलन कार्यक्रमको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले उद्घाटन गर्न भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सात दशक लामो राजनीतिक संर्घषको अध्याय संविधान जारी भएपछि पूरा भएको र अब मुलुकलाई समृद्धीको दिसामा अगाडी बढाउने यात्रा प्रारभ भएको बताउतु भयो । उहाँले लोकतन्त्रको आत्मालाई बलियो बनाउने संसदिय व्यवस्था सहितको संघीयता लोकतान्त्रिक र्धमर्निपेक्ष संविधान, संविधान  सभाबाट पारित भएपछि  राजीतिक संर्घषको अध्याय समाप्त भए र विकास तथा समृद्धीको युवमा नेपाली राजनीति प्रवेश गरेको  धारणा व्यक्त गर्नु भयाृ ।

समृद्ध राष्ट्र निर्माण गर्ने आम नेपालीको चाहनालाई दुई तिहाई बहुमत प्राप्त कम्युनिट सकरारले पुरा गर्न नसक्ने दावी  गर्दै नेता पौडेलले मुलुकमा काम गर्ने वातावरण र सहज परिस्थिती भएपनि वर्तमान सकरारले समृद्धी हासिल गर्ने हालसम्म केही नगरेको आरोप लगाउनु भयो।

उहाँले सबैपरिवर्तन काँग्रेसकै नेतृत्वा भएकाले मुलुको समृद्धी काँग्रेस कैं नेतृत्वमा  हुने आम नेपालीले हासिल गर्ने ठोकुवा गर्नु भयो । उहाँले काँग्रेसले काम गर्न दिएन, बाधा अर्चण उत्पन्न गरेको वर्तमान सकारले आरोप लगाएपनि काँग्रेसले सरकारको कार्यमा कुनै अवरोध नगरेको प्रस्ट पार्नुभयो ।

सभालाई सम्बोधन गर्दै नेता पौडेलले मधेसवादी दलहरु सत्ता प्राप्तीका लागि मात्र ठुलठुला आन्दोलन गरेको आरोप लगाउनु भएको छ । उहाँले मधेसी,आदीवासी जनतजातीलाई अधिकारबाट बन्चित राख्ने दलसंग सत्तामा सहभागि भएपछि अधिकारकालागि नभई सत्ताकालागि आन्दोलन गरेको  प्रस्ट भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमलाइृ सम्बोधन गर्दै नेता पौडेलले वदलिदो राजनीतिक परिस्थितलाई दृष्टीगत गर्दै पार्टीको  विधान संशोधन गर्ने आस्यक्ता भएकाले सुझाव संकलन गर्ने कार्य पार्टीले सुरु गरेको बताउनुभयो ।

नेपाली काँग्रेसका  केन्द्रिय सदस्य एवम विधान संशोधन समितिका संयोजक डा. मिनेन्द्र रिलाको अध्यक्षतामा  सम्पन्न भएको उद्घाटन सत्रमा पार्टीकी कोषाध्यक्ष सितादेवी यादव, केन्द्रि सदस्य महालक्ष्मी (डिना) उपाध्याय, केन्द्रियसदस्य रामेश रिजाल, अजय चौरसिया लगायतका व्क्ताले संगठन बलियो कसरी हुने सो वारे आआफनो राय दिने सहभागिहरुलाई आग्रह गर्नु भएको  थियो।

कार्यक्रममा बारा, पर्सा, रौतहटर सर्लाहीबाट पार्टीका  महासमिति सदस्य, महाधिवेश प्रतिनिधी, केन्द्रिय सदस्य, जिल्ला सभापति क्षेत्रीय सभापतिदेखी बुथकमिटिका अध्यक्ष समेतका सहभागि रहेको आयोजकले जनाएका  छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here