लोकतन्त्रलाइ धरापमा पारेर कम्युनिष्ट शासन ल्याउने खेल भइरहेको छः केन्द्रिय सदस्य रिजाल

31

Share
  • 7
  •  
  •  
    7
    Shares

वीरगन्ज, ८ असोज – नेपाली काँग्रेसका नेताहरुले मुलुकमा कम्युनिष्ट शासन ल्याउनका लागि नै अहिले दुइ तिहाइको सरकार बनाइएको आरोप लगाएका छन् । वीरगन्जमा सोमबार नेपाल प्रेस युनियन पर्साको नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै काँग्रेस केन्द्रिय सदस्यहरुले लोकतन्त्रलाइ धरापमा पारेर कम्युनिष्ट शासन ल्याउने खेल भइरहेको बताए । उनिहरुले भने , कम्युजिष्ट शासन ल्याउनकै लागि सरकारको पक्षमा दुइ तिहाइको बहुमत पुरयाइएको हो , त्यसका लागि सरकार र सरकारमा रहेका दलहरुले वातावरण बनाइ रहेका छन् ।

काँग्रेस केन्द्रिय सदस्य रमेश रिजालले संघीयतालाइ असफल पारेर लोकतन्त्र धरापमा पारि कम्युनिष्ट शासन ल्याउनका लागि नै दुइ तिहाइकोृ सरकार बनाइएको बताए । उनले न्यायलय , सुरक्षा निकाय र सन्चार जगत माथि हस्तक्षेप गरेर मुलुकमा कम्युनिष्ट शासन ल्याउने खेलमा वर्तमान सरकार र सत्तारुढ दलहरु लागि परेको बताए ।

उनले लाृकतन्त्र र संघीयता दुवै अहिलृे खतरामा रहेको पनि बताए । तर लोकतन्त्र मास्ने र कम्युनिष्ट शासन ल्याउने अहिलेको दुइ तिहाइको सरकारको अभिष्ट भनेृ पुरा नहुने पनि रिजालले दाबी गरे । यदि लाृकतन्त्र मास्न खोजियाृ भनृे अहिलेकाृे दुइ तिहाइकोृ सरकार पनि आफै मासिएर जान्छ , उनले भने ,यदि जनताको मनोभावना र चाहना विपरित सरकार चल्न खोज्छ भने यो दुइ तिहाइ सरकारको पतन पनि निश्चित छ ।

सरकारले सम्पूर्ण अधिकार सघमा केन्द्रित गरेर प्रदेश र स्थानीय सकारलाइ कमजोर बनाइ रहेकाृे पनि उनले बताए ।काँग्रेसका अर्का केन्द्रिय सदस्य अजय चौरसीयाले पनि दुइ तिहाइको अहिलेको सरकारको अधिनायकवाद र तानाशाहीका कारण लोकतन्त्र नै धरापमा परेको बताए । कम्युनिष्ट शासन ल्याउनकै लागि दुइ तिहाइको बहुमत पुरयाउन नेृकपाले संघीय समाजवादी फोरमलाइ पनि सरकारमा लगेको उनले बताए ।

उनले भने , यो सरकारको पक्षमा दुइ तिहाइ बहुमत पुरयाउनुको पछाडि अर्कै कुनै शक्तिको हात छ , त्यसको भण्डाफोर काँग्रेसले गर्छ । दुइतिहाइ बहुमतको आडमा अहिलेको सरकार र सत्तारुढ दलले संसदीय र प्रधानमन्त्रीय प्रणालीलाइ संशोधन गरेर राष्टपतिय प्रणाली ल्याउने षडयन्त्रगरिरहेको भन्दै उनले भने , उनिहरुको मुल्य लक्ष्य भनेकै कम्युनिष्ट शासन ल्याउने नै हो ।

समाचार लेखेकै निहुमा पत्रकारलाइ थुनामा राख्ने सरकारको रवैयाले देशमा कम्युनिष्ट शासनकोृ अनुभूती हुन थालिसकेकाृे उनले बताए । तर कम्युनिष्टहरुको कम्युनिष्ट शासन ल्याउनृे अभिष्ट काँग्रेसले पुरा हुन नदिने दाबी पनि उनले गरे । प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएकाृे उद्घाटन समारोहमा काँग्रेस पर्साका सभापति अजय द्धिवेदी , प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देल , उपाध्यक्ष बाला अधिकारी , महासचिव अजयबाबु शीवाकोटी , पूर्व सांसद राजेन्द्र बहादुर अमात्य , विधायक ओम प्रकाश शर्मा , पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान लगायतले अधिवेशन सफलताकाृे शुभकामना मनत्वय व्यक्त गरेका थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here