×

वीरगन्ज ४ असोज । फुर्कान इन्टरनेश्नल एकेडमीको अनुमति दिलाउन एक लाख घूस लिएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिकाका शिक्षा समन्वय इकाई प्रमुख मञ्जुर आलम र शाखा अधिकृत सशीभुषण साहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

शिक्षा समन्वय समितिमा विद्यालयको अनुमति दिलाउन घूस लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा अख्तियारको टोली त्यहाँ पुगेको थियो ।

Back to top