×

वीरगन्ज ३ असोज । संविधानमा सबैको भावनलाई समेटन सके मुलुक अझै बलियो हुँने विचार वक्ताहरुले व्यक्त गर्नु भएको छ । सानो पाइलाले आज वीरगन्जमा आयोजना गरेको “नेपालको संविधान २०७२मा जनताको अवधारणा”विषयक दूई दिने अन्तरक्रिया कार्यक्रमको पहिलो दिनको कार्यक्रममा सहभागि नागरिक समाजका अगुवा तथा राजनीतक दलका नेताहरुले अधिकारका विषयमा देखापरेका असन्तुष्टिलाई संविधान संशोधनबाट जति छिटो सम्बोधन गर्न सके त्यति नै चाँडो मुलुक समृद्धीको पथमा अगाडी बढने विश्वाश व्यक्त गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसीलाई अधिकारबाट बन्चि र उपेक्षित गरी राष्ट्र निर्माण हँुन नसकिने धारणा व्यक्त गर्नु भयो । उहाँले अन्तरिम संविधानले प्रदान गरेको अधिकार समेतलाई कुन्ठित गरी आएको संविधान मधेसीलाई मान्य नभएकाले मधेसीको अधिकारलाई संशोधन मार्फत संविधानमा समावेश गर्न आवस्यक रहेको बताउनुभयो । संविधानमा भएको विभेदलाई बेलैमा सम्बोधन नगरे यस्ले विखण्डको विजारोपन गर्ने भएकाले संविधान संशोधनबाट असन्तुष्टिलाई सम्बोधन गर्न आवस्यक रहेको नेता ठाकुरले प्रस्ट ापर्नुभयो ।

कार्यक्रमा सहभागि रहेका नागरिक समाजका अगुवा दमननाथ ढुङ्गानाले संविधान सभाबाट संविधान निर्माण गरी सबैलाई अधिकार सम्पन्न र मुलुकलाई समृद्ध बनाउने गरिएको अपेक्षा पुरा हुँन नसकेको बताउनु भयो । उहाँले संविधान सभाको गठन र त्यसबाट प्राप्ताभएको संविधान अपेक्ष अनुसार नआएकाले संविधान प्रति मुलुक भरी नै असन्तुष्टिहरु देखा परेको जिकिर गर्नु भयो । मेधेसी, आदिवासी,जनजाती, मुस्लित महिला सबैको अधिकारलाई सम्बोधन हुने सर्वस्वीकार्य बनाउन संविधानलाई संशोधन गर्नुको विकल्प नरहेको ढुङ्गानाले तर्क दिनु भयो ।

सानो पाइलाका अध्यक्ष कन्चन झाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मी डा।सुन्दरमणि दिक्षीत, खगेन्द्र सङ्गरौला, राजपाका नेता एवम् प्रतिनिधी सभा सदस्य लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरम नेपालका नेता एव्म प्रतिनिधी सभा सदस्य प्रदीप यादव, नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसिया, लेखक सिके लाल लगायतले सर्वस्वीकार संविधानको धरातलमा नै विकास र समृद्धी हासिल गर्न सकिने धारणा व्यक्त गर्नु भएका थिए ।

कार्यक्रममा सहभागि रहेका मधेस आन्दोलनका घाइते तथा शहिद परिवारले मधेसवादी दलका नेता र सरकार प्रति असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।

 

Back to top