×

वीरगंज, अशोज २ - नेपालको संविधान २०७२ को तेश्रो वार्षिक उत्सवको पुर्व सन्ध्या वीरगंजबाट संकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

संविधान दिवसका नमनाई कालो दिवस मनाउने अभिप्रायले संकास्पद गतिविधिमा संग्लन रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजको विभिन्न स्थानबाट सीके राउतले नेतृत्व गर्न स्वतन्त्र मधेसी गठबन्धनका दुई कार्यकर्ताहरुलाई पक्राउ गरेको हो ।

'संविधान दिवसका दिन शंकास्पद गतिविधि गर्ने आयोजना बनाईरहेको आरोपमा हामीले दुई व्यक्तिलाई पक्राउ गरेका छौं, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, 'पक्राउ पर्नेहरुमा बहुदरमाई नगरपालिका वडा नं. ३ नगरदाहाका शिव नरायण पंडित र सोही नगरपालिका वडा नं. ४ का सुकदेव साह कलवार रहेका छन् ।'

प्रहरीले पंडितलाई वीरगंज महानगरपालिकाको वडा नं. २ छपकैयाबाट र साहलाई राधेमाई १३ बाट पक्राउ गरेको प्रहरी उपरिक्षक रेवती ढकालले बताए ।

Back to top