×

वीरगन्ज २ असोज । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवसको विरोध नगर्ने प्रष्ट पार्नुभएको छ । आज विराटनगरमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष यादवले संविधानलाई मानेर विभिन्न निर्वाचनमा भाग लिइसकेको र संविधान बारे रहेको असहमतिलाई संशोधन र परिमार्जन गर्दै लैजाने प्रक्रिया शुरु भईसकेकोले संविधानको विरोध गर्न नहुने तर्क गर्नुभयो ।

प्रदेश सरकारमा सहभागी भएकाबाट नै संविधानको विरोध गर्नु हास्यास्पद भएको समेत मन्त्री यादवको भनाई थियो । फरक प्रशंगमा शान्ति सुरक्षामा केही चुक भएकाले अहिले विपक्षीले सरकारको विरोध गरिरहेको भएपनि शान्ति सुरक्षालाई सुदृढ बनाउन सरकार लागिपरेको मन्त्री यादवको दावी थियो ।

Back to top