×

वीरगन्ज,३१ भदौं । प्लटिङगको जग्गा महँगो मुल्यामा विक्री गर्न वीरगन्ज महानगरपालिकाको नगवामा भु–माफियाहरुले सरकारी स्वामित्वको जग्गा नै कब्जा गरेका छन् । महानगरपालिकाको वडा नं. १६ नगवामा अवस्थित माइधिया पोखरीको पूर्वमा रहको सरकारी स्वामित्वको जग्गालाई स्थानिय जनप्रतिनधीको मिलोमतोमा भु–माफियाहरुले कब्जागरेका हुन । पोखरीको पूर्वमा रहेको अ‍ैलानी जग्गामा ४० वर्ष भन्दा बढी समयदेखी घर बनाई बशोवास गर्दै आएका मेस्तरलाई धनको बलले हटाई भुमाफियाहरुले जग्गा कब्जा गरेको पिडितहरुको भनाई रहेको छ । कहिले प्रहरीलाई पठाई जग्गा खालिगर्न धाकधम्की दिने त कहिले जनप्रतिनिधीकै रोहबरमा गुण्डालागाई ज्यान नै मार्ने धम्कि प्लटरहरुले दिन थालेपछि बाध्य भएर घर छाडी भाडाको घरमा बस्न थालेको पिडित जुगेश्वर मलिक मेस्तरले बताउनुभयो । उहाँले मंगल मलिक मेस्तर र आप्mनो घर पछाडी नगरवा निवासी जुगल चौरसियाको जग्गा खरिद गरेका पलटरहरुले दैनिक दिएको धाकधम्की वारे स्थानिय प्रहरी तथा भद्र भलादमीलाई समेत बताउदा कुनै सुनुवाई नभएपछि १५ जनाको परिवारलाई लिई भाडामा बस्न थालेको जानकारी दिनुभयो । वीरगन्जको रेलबे रोड निर्माण हुने क्रममा ४० वर्ष आडी नगरपालिकाको अनुमतिमा घर बनाई बसे जग्गालाई गुण्डाको बल्लाले जग्गा कारोवारी कब्जा गरेको गुनासो गर्दै आफुलाई न्याय दिलाई दिन मेस्तरले स्थानिय प्रशासनलाई आग्रह गरेका छन् । बाटो नै नभएको जुगुल चौरसियाको करिब १० कठ्ठा जग्गालाई प्रति धुर एक लाख रुपैयाको भाउमा खदि गरी प्रति धुर ५ लाखमा विक्री गर्ने योजनालाई मुर्तरुपदिन माफियाहरुले स्थानिय जन प्रतिनीधि समेतलाई मिलाएको स्थानियको भनाई रहेको छ । प्रतिबन्धित लागुऔषध मुद्दामा २ वर्ष कैद भुगतान गरेका अर्फिन मियाँ,जग्गाकारोवरी राजेश गुप्ता, सुरेश चौहान र शैलेसले खरिद गरेको उक्त जग्गामा महानगरपालिकाको अनुमति बगैर नै पर्लाखल लगाइको छ । मेस्तरहरुको घरलाई भत्काई लगाइएको पर्खाल र बनाउन लागिएको सडकको निर्माण कार्यलाई रोक लगाइएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिषकुमार भुषालले जानकारी दिनुभयो । उहाँले महानगरपालिकाको स्वामित्वको जग्गामा व्यक्तिगत मुनाफा कमाउन सड्क निर्माण गर्न लागिएको र त्तकालिक वीरगन्ज नगरपालिकाले बास बसन अनुमति दिएको व्यक्तिको घर समेत भत्काएको जानकारी पाएपछि आफु स्वयम् घटनास्थालमा उपस्थित भई भइरहेको कामलाई बन्द गराउनुको साथै लगाइएको पर्लखाललाई समेत भत्काउन आदेश दिएको बताउनुभयो । प्लटिङ भएको जग्गा भन्दा पूर्वमा रहेको महानगरपालिकाको जग्गालाई समेत मिच्चीउको सुचना आएकाले सो को समेत छानिविन महानगरपालिका सुरुगरेको प्रुमख प्रशासकिय अधिकृत भुषालले जानकारी दिनुभयो । महानगरपालिकाको स्वामित्वको एक इन्चपनि जग्गा कुनै पनि बहानामा कसैलाई मिच्चन नदिन प्रतिवद्धता व्यक्त गर्दे उहाँले कतैं जग्गा मिच्चीएको भए सो को जानकारी महानगरपालिकालाई दिन नगरबासिलाई आग्रह समेत गर्नु भएको छ ।

Back to top