×

वीरगञ्ज, ३१ भदौ । वीरगञ्जको मस्कोट एकेडेमीले बाल दिवसको अवसरमा विद्यालयमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । विद्यालयका बालबालिकालाई अतिरिक्त क्रियाकलापअन्तर्गत विविध प्रतियोगिता सम्पन्न भएको प्राचार्य छेदुप लामाले बताए । सो अवसरमा आयोजित वक्तृत्वकला, चित्रकला र रङ भर्ने प्रतियोगिताको नतिजा आइबार सार्वजनिक गरिएको छ । वक्तृत्वकला प्रतियोगितामा आस्था खनाल प्रथम, मनिष चौधरी द्वितीय र बिभा पटेल तृतीय भएका छन् । त्यसैयरी चित्रकलमा कक्षा तीनबाट नेन्सी कुमारी साह, आयुष कुमार र पुष्पा चौधरी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । सोही प्रतियोगितामा कक्षा ४ का अविनाशकुमार शर्मा प्रथम, जयमंगल चौरसिया द्वितीय र विपना चौधरीले तृतीय स्थान पाएका छन् । कक्षा ५ तर्फ सचीन गुप्ता, आइशा प्रवीन र आर्या श्रेष्ठले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान सुरक्षित गरको विद्यालयले जनाएको छ । त्यसैगरी सोही प्रतियोगिताअन्तर्गत कक्षा ६ का रन्जित यादव प्रथम, अमृता चौरसिया द्वितीय र रचित गुप्ता तृतीय भएको प्राचार्य लामाले बताए । जुनियर कक्षातर्फ रङ भर्ने प्रतियोगितामा नर्सरीका सपनाकुमारी साहले पहिलो, अर्वाज आलमले दोस्रो र आर्यनराज चौधरीले तेस्रो स्थान पाएका छन् । एलकेजीतर्फ प्रितिकुमारी, पिंकी कुमारी र युवराज साह क्रमशः प्रथम, द्वितीय र तृतीय भए । सो प्रतियोगिताअन्तर्गत कक्षा १ मा प्रियन्सुकुमारी साह प्रथम, स्नेहा खातुन द्वितीय र एन्जल ठाकुर तृतीय भएका छन् । त्यस्तै कक्षा २ का निस्कर्ष प्रधानले पहिलो, आशिका सिन्हाले दोस्रो र अंकित पटेलले तेस्रो स्थान पाएका छन् ।

Back to top