×

वीरगन्ज ३० भदौ । अधिकार बाट बन्चित गरि बन्दुकको बलमा लादिएको २०७२ को संबिधानलाइ संसोधन वा पुनरलेखन बिना स्वीकार गर्न न सकिने मधेश आन्दोलनका सक्रिय यूवा नेता ओमप्रकाश सर्राफले बताएका छन् । स्वायता, संघियता , स्वसाशन समाबेशी ,जनसंख्याको आधारमा निर्वाचन प्रणाली , राज्यको सबै अंगहरु न्यायपालिका कार्यपालिका ,निजामति कर्मचारी ,सेना ,प्रहरी, कुटनीतिक नियोग स्रोतसाधनमा समान पहुच ऐवम समावेशीलाइ यो संबिधान ले ग्यारेन्टी गर्न न सकेकोले यो संबिधानको बिरुद्धमा मधेशी ऊत्तपिडितले ससक्त आन्दोलन गरेका थिए । उक्त आन्दोलन लाई सम्बोधन गर्नु को साटो राज्यबाट चरमदमन गरि मधेशमा नरसंहार गरिएको थियो।मधेश आन्दोलन का मागहरु संबिधान संसोधन मार्फत सम्बोधन नगरिएकोले मौन एवं सान्तिपुर्ण तरिकाले जारिनैरहेको छ।राज्य द्वारा विभेदको श्रीन्खला राममनोहर यादव मृत्यू प्रकरण बाट जारीनै रहेकोले पुन मधेश बिद्रोह को धरातल कोरिदै छ र यूवाहरु गोलबन्द हुदैछन । यूवा नेता सर्राफले यो संबिधान निर्दोष निहथा मधेशीको रगत्तले लतपतिएकोले ति सहिदहरुको सपना सकार नभए सम्म यो संबिधानको दिवास मनाउन न सकिने र सम्पूर्ण मुक्तिकामी जनता लाइ असोज ०३ गतेलाई कालो दिवासको रुपमा मनाउन आग्रह गरेका छन्।त्यसकारण कालोदिवसमा ब्लायक आउट गरि आन्दोलनमा एकावाद्ता जनाउन निवेदन गरेका छन्।

Back to top