×

बीरगंज २९ भदौ । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफ्नो पार्टी संघीय समाजवादी फोरमबाट राजीनामा दिएको हल्ला हावादारी सावित भएको छ । हिजो देखि नै वीरगंजमा मेयर सरावगीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको विभिन्न संचारमाध्यमहरुमा सार्वजनिक भए पनि यता मेयर सरावगीले भने आफूले राजिनामा दिएको नभई पार्टीका नेताहरु समक्ष असन्तुष्टि व्यक्त गरेको बताउनु भएको छ तर वीरगन्जको पत्रकारहरु फटही समाचार लेखेर मलाई बदनाम गर्न मात्र खोजेका छन । वीरगन्जका पत्रकारहरुको वीरगञ्ज महानगरपालिकाबाट पम्पले जस्तो पत्रिका छापेर महिनवारी खाने बानि बसेको थियो सो पम्पले जस्तो पत्रिकाको महिनवारी मईले अहिले बन्द गरेको छु त्यसै यहाका पत्रकारहरु म माथि खनिएका हुन आज वीरगञ्ज महानगरपालिकाको आफनो कार्य कक्षमा बसेर ठठामारी अफनो केहि नजिक भएका वडा अध्यक्षलाई भनेका छन । राजिनामा दिएको संचारमाध्यममा सार्वजनिक भएपछि संघिय समाजवादी फोरम नेपालले पार्टीको आकस्मिक वैठक काठमाण्डौमा बोलाएको छ । बैठकमा आफनो धारणा राख्न नगर प्रमुख सरावगी भोली विहान पहिलो सिमरा काठमाण्डौ उडानद्वारा राजधानी जाने कार्यक्रम तय भएको छ ।

Back to top