×

वीरगन्ज, २८ भदौ । पर्साका तीनवटा विद्यार्थी संगठनले निजी विद्धालयहरूले आफूखुशी गरेको शुल्क वृद्धि रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सत्तारुढ दलका विद्यार्थी संगठनहरु अनेरास्ववियु, अखिल क्रान्तिकारी र संघीय विद्यार्थी फोरमका जिल्ला अध्यक्ष सहितको विद्यार्थीहरूले पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई बिहिबार ज्ञापनपत्र बुझाएका हुन् ।

निजी विद्यलयहरूले शिक्षा नियमावली विपरित शुल्क वृद्धि गरेको, सरकारले तोकेको मापदण्ड अनुसार छात्रवृत्ति प्रदान नगरेको लगायतका माग सहितको ज्ञापनपत्र बुझाएका हुन् । शुल्क वृद्धि फिर्ता नलिए आन्दोलनमा जाने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी विद्यालय प्रशासन नै हुने ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

ज्ञापनपत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले अहिले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच नै ऐन कानुनको विषयमा अन्योलनमा रहेकोले कानुनी कारवाही गर्ने जटिलता रहेकोले व्यावहारिक रुपमा यसको समाधान खोज्ने प्रयास गर्ने आश्वासन दिए ।

पर्साको शिक्षा क्षेत्रमा देखिएको वेथिति आपूmलाई पनि चित्त नबुझेका बताउदै प्रमुख जिल्ला अधिकारी पौड्यालले निजी विद्यालयहरुलाई पनि मर्का नपर्ने गरि यसको समाधानको पहल आवश्यक रहेको बताए । ज्ञापनपत्र बुझाउन जाने टोलीमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं पर्सा ईन्चार्ज शिवम साह, केन्द्रीय सदस्यय ईश्क कुमार, अनेरास्ववियुका अध्यक्ष रामबाबु यादव, संघीय विद्यार्थी फोरमका एजाजबाबु राकी लगायतका विद्यार्थीहरूको सहभागीता रहेको थियो ।

यसैबीच निजी विद्यलयको छाता संस्था प्याब्सनका अध्यक्ष डा.हरिशंकर साहको विद्यालयमा तालाबन्दी पनि गरेका छन् । ज्ञापनपत्र बुझाउन सम्पर्क गर्दा सम्पर्कमा आउन नचाहेकोले तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका पर्सा ईन्चार्ज शिवम साहले जानकारी दिए । त्यस्तै नेपाल प्याब्सनलाई भने सडकमै ज्ञापनपत्र दिएको साहले बताए ।

Back to top